ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको कडा चेतावनी


admin

 

 एजेन्सी,३० पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

उहाँले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गर्नुभएको थियो । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक रहेको विश्वास गरिन्छ । उहाँले सिरियाबाट सैन्य फिर्ताका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीका बारेमा हालका दिनहरुमा फुकीफुकी ट्वीट गरिरहनुभएको छ ।

राष्ट्रपति ट्रम्पका उच्च कुटनीतिज्ञ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अहिले मध्यपूर्वका मुलुकहरुको भ्रमणमा हुनुहुन्छ । अमेरिकी समर्थनप्राप्त सिरियाली कुर्दिस गठबन्धनको भविष्यका बारेमा अमेरिका र टर्कीबीच उत्पन्न पछिल्लो तनाबलाई मत्थर बनाउन विदेशमन्त्री पोम्पेओले क्षेत्रका नेताहरुसँग परामर्श गरिरहनुभएको छ ।

सिरियाली कुर्दिसले इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा अमेरिकी नेतृत्वको फौजलाई सहयोग गरेको थियो । सिरियाली कुर्दिस लडाकूहरु अमेरिकी फौजको फिर्तीसँगै आफूहरुमाथि टर्कीले सैन्य कारबाही गर्ने भयमा छन् ।

अमेरिकी समर्थनप्राप्त कुर्दिस लडाकूको सुरक्षालाई ध्यान दिएर मात्र अमेरिकी सैनिक फिर्ता हुने बताएपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ । टर्कीले कुर्दिस लडाकू समूहलाई आतङ्ककारीको रुपमा व्यवहार गर्दछ ।

“कुर्दमाथि आक्रमण गरिए टर्कीले गम्भीर आर्थिक क्षति व्यहोर्नुपर्नेछ,” ट्रम्पले ट्वीटमा भन्नुभएको छ । उहाँले कुर्दिस लडाकूका लागि ३० किलोमिटरको सुरक्षित क्षेत्र बनाउने प्रस्ताव अघि सार्नुभएको छ ।

सुरक्षित क्षेत्र बनाउने बारेमा उहाँले विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन । खासगरी, यस्तो क्षेत्र बनाउँदा लाग्ने खर्च कसले व्यहोर्छ भन्ने प्रस्ट भएको छैन ।

इस्लामिक स्टेट विरुद्ध अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा कुर्दिसको प्रभुत्व रहेको सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले मद्दत गरेको थियो । एसडीएफको गठन नै कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँग निकट सम्बन्ध रहेको वाइपीजीले गरेको छ । वाइपीजीलाई टर्कीले आतङ्ककारी समूहको संज्ञा दिने गरेको छ ।

पीकेकेले स्वतन्त्र राष्ट्रको माग गर्दै दशकौंदेखि टर्की विरुद्ध छापामार युद्ध चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com