
काठमाडौं, ८ पुस । सरकारले ल्याएका पाँच विद्युतीय बस दुई महिनादेखि साझा यातायात कार्यालय पुल्चोकमा थन्किएका छन् । वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्न अनुमति नपाएपछि बस कार्यालयमै थन्किन पुगेका हुन् ।
६ कात्तिकमा निकै तामझामका साथ प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्तिबहादुर बस्नेतलगायत काठमाडौं र ललितपुर महानगरका प्रमुखको उपस्थितिमा तामझामका साथ विद्युतीय बस उद्घाटन गरेका थिए ।
तर, पर्यटन मन्त्रालयले सञ्चालन अनुमति नदिँदा बस साझा कार्यालयमै थन्किएको साझा यातायत सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए ।
एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई दिएको विद्युतीय बस साझा यातायातले परीक्षणका रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ महिनासम्म सञ्चालनमा आउने भएकाले केही समय साझाले चलाउने तयारी गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्