ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकट वडामा मोटरबाटो पुग्यो, नागरिक खुशी


admin
मंसिर १७, २०७५ सोमबार  १० : २९ बजे

 दाङ, १७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ ।

यसअघि त्यहाँ बाटो नहुँदा बिरामी तथा सुत्केरीलाई बोकेर उपचार गराउन तुलसीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको थियो । समयमा ल्याउन नसक्दा कतिको त अकालमा नै मृत्यु हुने गरेको थियो ।

यसैबीच सो कृषि सडकको आइतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागेको बताउनुभयो ।

पहिलोपटक आफूहरु मोटर बाटोको पहुँचमा पुग्न सकेको भन्दै त्यहाँका स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । उनीहरुले अब विद्युत्को व्यवस्था गरीदिन पनि नगरप्रमुख पाण्डेलाई अनुरोध गरेका छन् ।

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटर उत्तर दक्षिणमा रहेको साँझवासमा बाटो नहुँदा त्यहाँका जनताले निकै दुःख खेप्नुपरेको थियो । त्यसैगरी त्यहाँ उत्पादन भएको कृषिउपजले पनि बजार पाउन सकेको थिए । उपमहानगरपालिका भए पनि अझै पनि त्यहाँका नागरिक विकासका पूर्वाधारबाट वञ्चित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com