ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई राहत


admin

दमौली, १६ मङ्सिर ।  चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई राहत प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज बिहान मृतकको घरमा पुगी मृतकका मामा हुमबहादुर गुरुङलाई राहत स्वरुप रु ५० हजार प्रदान गर्नुभएको छ । राहत हस्तान्तरण कार्यक्रममा डिभिजनल वन अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे उपस्थित हुनुहुन्थ्यो ।

गोरखा सिङ्ला घर भई मामा विषबहादुर गुरुङको घरमा बसेर अध्ययन गर्दै आएका बालकको शनिबार राति चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

खाना खाएर हात धुन बाहिर निस्केका गुरुङलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । अमृत स्थानीय मनकामना बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए ।

राहत रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले चितुवालाई नियन्त्रणमा लिन हरसम्भवको प्रयास गरिएको भन्दै सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले चितुवा नभेटिएसम्म निरन्तर खोजी कार्य रहने भन्दै स्थानीय जनप्रतिनिधि, सामुदायिक वन र स्थानीयवासीले चितुवा खोज्नका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

भानु क्षेत्रमा ठूलो घना जङ्गल भएकोले जङ्गल सफा गर्ने अभियानमा सामुदायिक वनका उपभोक्ता लाग्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभयो ।

डिभिजनल वन अधिकृत बरालले चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

भानु नगरपालिकाले नरभक्षी चितुवा नियन्त्रणमा लिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ । नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणमा लिनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने भन्दै नियन्त्रणमा लिनेलाई उचित पुरस्कारको व्यवस्था गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com