
काठमाडौं,१४ मङसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नु भएको छ ।
नेपाल भ्रमणमा रहनु भएका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिल तथा पूरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचिपूर्वक भ्रमण गर्नु भएको हो ।
बिहान करिव साँढ १० बजेतिर सो क्षेत्रमा पुग्नु भएका उहाँलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गर्नु भएको थियो । त्यस अवसरमा उहाँको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनर्निर्माणबारे पनि चासो राख्नु भएको थियो ।
प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गर्नु भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिनु भयो ।
भ्रमणका क्रममा उहाँले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गर्नु भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पु¥याएका सम्पदाहरुबारे विस्तृत जानकारी गराइएको थियो । एशीया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहिबार काठमाडौं आईपुग्नु भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्