
काठमाडौं, १३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले कात्तिक १६ गते आयोजना गर्ने भनिएको शुभकामना आदान प्रदान तथा चियापान समारोह पछि सारिएको छ।
तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम नेपाली कांग्रेसले पनि सोही दिन शुभकामना आदान प्रदान तथा जलपान समारोह आयोजना गरेका कारण सारिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
अब सो समारोह कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजना हुनेछ।
उपराष्ट्रपति पुनले यसअघि शुक्रबार९कात्तिक १६ गते० आयोजना गर्ने कार्यक्रमका लागि निमन्त्रणा समेत दिइसकेका थिए।



















प्रतिक्रिया दिनुहोस्