ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार भन्छन्, – देशमा भय बढ्यो, सरकार कहाँ छौं !


admin
आश्विन ३०, २०७५ मंगलबार  १ : ०५ बजे

यतिबेला मुुलुक दशैंमय भएको छ । विभिन्न पेशा व्यवसाय, अध्ययन गर्नेहरु देखि घरबाट विदेश र स्वदेशमै पनि भएकाहरु आफ्नो घर फकर्ने क्रम जारी छ । दशैंमा कोही खुशी छन भने कोही विविध पिडाका बीच दशैंलाई सम्झन बाध्य छन् । कसैलाई दशैंको समयमा एक छाक मिठो खान र एकसरो आंग ढाक्ने लुगा लगाउन समेत मुस्किलका बीच दशैंलाई मनाउ“दै छन । यता राजधानीमा  कलाकारहरु भने सरकारको कार्यशैली, असुरक्षादेखि परम्परागत मौलिक शैली मासिदै गएकोमा चिन्नित छन् ।

शंका बढ्यो
नेपालमा स्थायी सरकार आएको ७ महिना पुरा भएको छ । नेपाली नागरिकले स्थायी सरकारप्रति अभूतपूर्व विश्वास र अपेक्षा राखेका छन् । तर, राजनीतिक स्थायित्वबाट देश विकास र समृद्धिको बाटोमा अघि बढ्ला भन्ने अपेक्षा गरेका आम जनता अहिले सरकारको गतिविधिबाट निरास भएका छन् । आम नागरिककै रुपमा रंग क्षेत्रका कलाकारहरु सरकारले गरेका वाचा पुरा गर्न नसक्दा राजनीतिक रुपमा जोखिम बढ्दै गएको विश्लेषण गरेका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले वर्तमान सरकारले आफुले गरेको वाचामा खरो उत्रिन नसकेको टिप्पणी गरेका छन् । निर्वाचनमा जनताले वर्तमान राजनीतिक नेतृत्वलाई पूर्ण विश्वास गरे पनि सरकारको काम कारावाहीले जनता निरास बन्दै गएको उनीहरुको विश्लेषण छ । सरकारले ट्रयाक चेन्ज गर्न सकेन भने जनअपेक्षामा तुषारापात हुंने बताउंछन् हांस्य कलाकार तथा चलचित्र लेखक, निर्माता दिपकराज गिरी । त्यसो त, गिरी, समाजका हरेक क्षेत्रलाई ब्यङ्य गर्छन् । राजनीतिलाई समेत नजिकबाट नियालेर कलामार्फत दर्शकलाई सुसुचीत गर्दै आएका गिरीको नजरमा अहिलेको सरकार सानो कुरामा चुकेको छ र यसो हुनुमा कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई गुमराहमा पार्नु मुख्य कारण रहेको गिरीको निस्कर्ष छ । कलाकार गिरीको बुझाईमा जबसम्म देशमा ब्युरोक्रेसीमा समस्या रहन्छ तबसम्म सरकारले केही गर्न सक्दैन ।

यता सृजना मार्फत दर्शकहरुको मन जितिरहेका चलचित्र लेखक तथा अभिनेता खगेन्द्र लामिछाने देशमा न्याय हराएको अनुभुत गर्छन् । जनताले न्याय र सुरक्षाको अनुभुत गर्न नपाएको भन्दै लामिछाने अहिलेको सरकारलाई ठूलो जोखिम रहेको विश्लेषण गर्छन् ।

चलचित्र निर्देशक तथा हांस्य अभिनेत्री दिपाश्री निरौला त नियम कानुन बिनाकै देशमा बसीरहेको महशुस गर्छिन् । प्रधानमन्त्री ओलीप्रति विश्वास रहेको तर ओलीको बोली र व्यवहारमा समानता नहुंदा विकास र समृद्धिको ओली सपना सपना मात्रै पो हुने हो की भन्ने बुझाई छ दीपाश्रीको ।

चलचित्र निर्देशक तथा कलाकार अशोक शर्माको बुझाईमा पनि विगत देखिका समस्या ज्युं का तिउं रहेको छ । सरकारले देशमा केही गर्न नसक्नुले सतीले सरापेको देश सावीत भएको बताउ“छन् शर्मा ।

यता बौद्धीक नायक रुपमा चिनिएका राजेश हमाल भने शक्तिशाली सरकारले तत्काल परिवर्तन गर्नु पर्ने अपेक्षा धेरैको रहेपनि रातारात परिवर्तनको सम्भव नहुने बताउंछन् । परिवर्तनका लागि धैर्यता आवश्यकर रहेको भन्दै खनालले आफुलाई सरकारप्रति विश्वास रहेको बताउंछन् । अब, बल्ल नीति नियमको कार्यन्वयन हुने समय आईरहेको नायक हमालको भनाई छ ।

हांस्य बिधामा पोख्त कलाकार केदार घिमिरे माग्ने बुढा सरकारले देखिने गरी परिवर्तन र विकासको काम नगरेर समिति गठनमै समय बिताएको बताउछन् ।

सरकारले नेपाललाई ल्यान्ड लक कन्ट्रीबाट लिङ्क लक कन्ट्री बनाएकोमा भने कलाकार केदार घिमिरे सरकारप्रति खुशी छन् ।

ठुला दुई शक्ति मिलेर बनेको स्थायी सरकारले शुरुवाती दिनमा गर्दै गरेको केही काम बाहेक सबै काम कारवाहीबाट नेपाली नागरिकहरु विचलित बनेका छन् । सरकारले राम्रो संकेत नदेखाएको आम नागरिकको गुनासो छ ।

असुरक्षा बढ्यो
सुरक्षाको अनुभुति न्याय महंगी बृद्धि जस्ता समस्याले नेपाली नागरिकमा सरकारप्रति विश्वासको वातारण हराउ“दै गएको छ । रंग क्षेत्रका कलाकारहरुको विश्लेषणलाई सरकारमा रहनेहरुले, सरकार संचालन गर्नेहरुले विश्लेषण गर्न जरुरी छ । अनि मुलुकमा बढ्दै गएको नैतिक ह्रासको समिक्षा गर्न पनि सरोकारवाला लाग्नुपर्ने बेला भएको छ । कलकारलहरुले कलाको माध्यम मार्फत समाजमा व्याप्त असुरक्षा र भयलाई कसरी चित्रण गर्छन ?

यो वर्ष मुलुकमा बलात्कारका घटना व्याप्त रुपमा सार्वजनिक भएका आएका छन् । समाजमा हिंसा र असुरक्षा बढ्दो छ । दिन“हुजसो शहरी क्षेत्रदेखि ग्रामीण क्ष्ँेत्रसम्म बालिका देखि बृद्धासम्म बलात्कारको सिकार भएका छन् । नेपाली समाज नैतिकताको हराम हुदै समवेदनाहीन पो बन्न थालेको हो कि भन्ने चिन्ता बढेको छ । बिरामी, आफन्त, अपाङगता, शिशु गर्भवती हजुरआमा तथा तेश्रोलिंगी समेत बलात्कारको शिकार बनिरहेका छन् । कलाकारले भने चलचित्रको माध्यममार्फत समाजमा बलात्कारबाट जोगिन अपनाउनुपर्ने सुरक्षाका विषयमा समेत चासो दिएका छन् ।

प्रहरीको तथ्यांकले पत्याउनै नसकिने ५ महिने शिशुदेखि ९२ बर्षीय बृद्धाको समेत बलात्कार भैरहेको घट्ना सार्वजनिक भएको छ । श्रावण १० गते कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या र झन्डै ३ महिनासम्म पनि अपराधी पत्ता नलाग्दा सारा नेपाली महिलाहरुले आफुलाई सुरक्षित महशुस गर्न सकेका छ्रैनन । यसैबीचमा कलाकारहरुले पनि से नो टु रेप भन्दै प्रदर्शनीमा सहभागि भैरहेका छन् । कलाकारहरु पनि आक्रोशित भएर आवाज उठाइरहेका छन् । यस्ता घटनामा बृद्धि हुनुका पछि इन्टरनेटमा राखीने केही दृश्य सामाग्रीहरुले समेत प्रभाव पारेको नायक राजेश हमालको बुझाई छ । नायक हमालको समाजमा भएका कुतत्वहरुस“ग सतर्क रहनुपर्ने अवस्था आएको बताउ“छन् ।

बलात्कार घट्नामा चलचित्रको पर्दामा देखाईएका केही दृश्य र छोटा लुगाको प्रभाव हो भन्ने मानसिकताको पनि व्याप्त छ । यो यथार्थलाई स्विकार्दै सुझाव दिन्छन् जनचेतनाको बृद्धि र नीति नियम कडा गरी उत्तेजक लुगा र पोर्न साईड बन्द गर्न हांस्य कलाकार केदार घिमिरे माग्नेबुढा ।

नायिका दिपीका प्रसाई पनि चलचित्र वा पर्दामा देखाईएका बिषय वस्तुमा सन्देश हुने बताउ“दै सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्ने बताउ“छिन् ।

नायिका नीता ढुंगाना बढीरहेको बलात्कारको घट्नाप्रति बिचलित हुर्दै छोरी मान्छेहरु आफैले हातमा हतियार बोकेर मात्र सुरक्षित हुने दिन आएको तर्क गर्छिन ।

शहरी क्षेत्र र शिक्षित व्यक्तिले समेत बलात्कार गरेको घट्ना सार्वजनिक भैरहेको समयमा शिक्षाको कमी भन्दा पनि व्यक्तिको मानसिकताका कारण बलात्कारको घट्ना बढीरहेको बताउंछीन नायिका स्वस्तिमा खड्का ।

यता हांस्य अभिनेत्री तथा चलचित्र निर्देशक दिपाश्री निरौला शिक्षाको कमीले बलात्कार बढेको भन्दै यौन शिक्षालाई जोड दिनुपर्ने बताउछिन ।

कलाकार तथा चलचित्र लेखक दिपकराज गिरी पनि बलात्कार जस्तो जघन्य अपराध हुन नदिन जनचेतना बृद्धि गर्नुपर्ने सुझाव दिन्छन् ।

देशमा बढ्दो बलात्कारका पत्याउनै नसकिने घट्नाले आम नेपाली बीचलित छन । गुपचुप हुने बलात्कारका घट्ना बाहीर आउन थालेका छन् । अनि समस्यामा परेकाहरुले पनि पछिल्लो समय सम्बन्धीत निकायस“ग पुगी समस्या राख्न थालेकै कारण बढि घटना बाहिर आएका हुन । बिडम्बना नै मान्नु पछि सरकार भने अझै सम्म पनि पीडितलाई न्याय दिलाउन सकेको छैन ।

बलात्कारको विषयमा त कलाकारले मात्र होइन आम नागरिकले समेत सडकमा उत्रेर विरोध र चिन्ता जनाएका छन् । सरकार भने दोषीलाई कडा कारबाही गर्ने सचेतना अभियान संचालन गर्नेतर्फ उदासिन जस्तै देखिएको छ । नेपाली रंगमञ्चका कलाकार राजनीतिक बेथिती र असुरक्षाको विषयमा मात्र चिन्ता व्यक्त गर्दैनन्, सांस्कृतिक परम्परामा विदेशी संस्कृति हावी भएकोमा समेत चिन्तित छन् ।

दशैंको चिन्ता
पछिल्लो समय आधुिनकतामा समाज रम्दै गएको छ । नेपालमा मनाईने हरेक चाडपर्व रितिरिवाज र संस्कृति पनि आफ्नो अनुकुलतामा मनाउन थालिएको छ । समाजले नेपाली पहिचान, भाषा, संस्कृति, सभ्यता, नैतिक शिक्षा र आचरणलाई बिर्संदै गएको छ । आधुनिकताको नाममा विदेशी संस्कृतिमा आर्कषित हुंदा नेपाली मौलिक संस्कृति लोप हुने अवस्थामा पुग्दैछ । गाउ“घरदेखि शहर बजारसम्म आफ्नै मौलिकतामा मनाइने चार्डपर्व विस्तारै विराना हुन थालेका छन् । तडकभडकको प्रभावमा पर्न थालेको छ ।

नेपालीको महान चाड बिजया दशमी पनि आधुनिकताबाट पर हट्न सकेको छैन । आधुनिकताको नाममा दंशैलगायत सबै संस्कृति आफ्नो अनुकुल मनाउन थालिएको छ । अघिल्ला सरकारहरुले अन्य चार्डपर्वस“गैैै दशैंलाई पनि पाथमिकता दिने गरेको थियो । तर अहिलेको सकरारले दशंैको विदा कटौति गरेकोमा नायक राजेश हमाल चिन्तित छन् ।

यसपटक काटमार नगरी दशंै मनाउने तयारी गरिरहेका राजेश हमाल बिदेशमा रहेका दिदीहरुलाई भने मिस गरेको बताउ“छन् ।

यता दशंैको बिशेषता भनेको पीङ हो जब पीङ राखेर खेल्न थालिन्छ तब दशंै आएको आभाष हुन्छ । तर अहिले पिंङ कम भएको महशुस भएकोमा हांस्य कलाकार केदार घिमिरे माग्नेबुढाको चिन्ता छ ।

हांस्य अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री पनि आफ्नो बालापनको दशंैलाई सम्झिन्छिन ।

अर्का हांस्य अभिनेता दिपकराज गिरी दशंैमा आर्शीवाद र टिकाको कमी भएको महशुस गर्छन । मदिरा पान र चुवातासमा बढी मानिसहरु झुम्न थालेकाले सामाजिक भूमि तथा घुलमिरमा कमि भएको गिरीको अनुभव छ ।

यता गायक, संगीतकार तथा रचनाकार राजनराज शिवाकोटी भने परिवर्तनलाई आत्मसात गर्नुपर्ने तर्क गर्छन ।

अभिनेता खगेन्द्र लामीछाने पनि पछिल्लो समय ईन्टरनेटमा मान्छेहरु रमाउ“छन् । बर्षैा पछि भेट गर्ने समय भएपनि सबै आफ्नै तालमा रहेर मानिसहरुमा सामाजिकताको कमी भएको उनको बुझाई छ ।

चलचित्र निर्देशक अशोक शर्मा भने आफ्नो संस्कृति मान्न जसरी पनि आफ्नो घर झापा पुगेर बुबाको हातको टिका र आर्शीवाद लिने तयारीमा छन् ।

पछिल्लो समय ब्यस्त रहेकी नायिका स्वास्तिमालाई भने दंशै आएको भान नै हुदैन कामको ब्यस्तताले भन्छीन मौसमले चाहीं आएको हो की ।

आधुनिकताको नाममा पहिचान र संस्कृति बनेको दशंैमा केही विकृति आएकै हो । धेरैले प्रबिधिको विकासलाई दोष दिए पनि नागरीक आफैले आफ्नो संस्कृति बचाउन लाग्नुपर्छ ।

कलाकारले मात्र होइन अघिल्लो पुस्ताका जो कोहीले पनि आफ्नो ग्रामीण परिवेशलाई र्विसिन सकेका छैनन । कलाकारले पुराना परम्परामात्र नभई मुलुकको समसामयिक राजनीतिक विषयमा समेत चिन्ता व्यक्त गरेका छन् । रंगमन्चमा रमाउने कलाकारहरुको चिन्ता अवश्य पनि जायज छ । देश चलाउने जिम्मा लिएकाहरुले कलाकारको चिन्ता मात्र होइन, आम नागरिकको चिन्तालाई समयमै सम्बोधन गरी समाज र देशलाई सही ट्रयाकमा हिंडाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com