ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया सोसाइटी भ्रष्टाचार विरुद्धको अभियानमा


admin
भाद्र २२, २०७४ बिहीबार  १० : १३ बजे

काटमाडौं, २२ भदौ । नेपाल मिडिया सोसाइटीले भ्रष्टचारप्रति शुन्य सहनशीलता अभियान सुरु गरेको छ । विशेषगरी पछिल्लो समय देशमा भइरहेको भ्रष्टाचार, राजनीतिक विकृति र विशङगति अन्त्यका लागि शूल्य सहनसीलताका लागि अपिलसमेत गरेको छ ।

नेपालको महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुमा नेपाली संचार माध्यमले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध होस कि ०६२/०६३को जनआन्दोलनको पक्षमा होस्। नेपाली संचार माध्यम परिवर्तनको पक्षमा सबैं अग्रपंक्तिमा रहने गरेका छन् । त्यसो त सामान्य नागरिकदेखि ठुला राजनीतिक दलहरु र जनसरोकारका विषयमा वकालत गर्नु आम सञ्चार माध्यमको दायित्व नै हो । यो जिम्मेवारी बहन गर्न सम्भवत नेपालका संचार माध्यम गम्भीर भएर लागेका छन् ।

पछिल्लो समय देशमा भइरहेको विविध राजनीतिक घटना र अबको देश किासका लागि उचित बाटो निर्धारणमा पनि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने निश्चित त । त्यही जिम्मेवारीबोधका साथ नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारप्रति शूल्यसहनसशीताको अपिलसहित अभियान सुरु गरेको हो । देशमा भइरहेको राजनीनिक गतिविधिदेखि चरम भ्रष्टाचारसहित विभिन्न विषयहरुको उठान र खबरदारी गर्न यो अभियान सुरु गरिएको मिडिया सोसाइटीका महासचिव तथा एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कँडेलले बताए । नेपाल मिडिया सोसाइटीका पूर्व अध्यक्ष तथा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले अहिलेलाई यो अभियानका रुपमा लगिने र पछि परिस्थिति अनुसार जाने बताए ।

मिडिया सोसाइटीका सदस्य तथा रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोदराज ज्ञवालीले यो अभियानका लागि आफुहरु दृढताका साथ लाग्ने बताए । ज्ञवालीले यसलाई ठोस निकर्षमा पूर्‍याएर मात्रै छाड्न बताए । निजी सञ्चार संस्थानसंगै नागरिक समाजबाट समेत आवाजहरु उठ्न थालेपछि यो अभियान सुरु गरिएको ज्ञवालीको भनाइ छ ।

विशेषगरी नोपलका निजी संचार गृहहरुलाई राजनीतिक दलहरुको खेतालो मान्ने गरेको तितो यथार्थ हो । आवश्यक पर्दा प्रयोग गर्ने र अरुबेला पूर्ण रुपमा उपेक्षा गर्ने राजनीतिक नेतृत्वको चरित्र नै बनेको छ । त्यसैले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन र भ्रष्टाचाररहित समाज निर्माणमा संचार गृहहरुले संयुक्त रुपमा भ्रष्टाचारप्रति शून्यसहनशीलता अभियान सुरु गरेका हुन् । देशलाई समृद्ध बनाउने र भ्रष्टाचार निर्मूल पार्ने यो अभियानमा आम नागरिकको साथ र सहयोग भने आवश्यक छ ।

नागरिक र संचार माध्यमहरुको संयुक्त प्रयासमा देशलाई विकृति, विसंगति र भ्रष्टाचारमुक्त बनाउने यो अभियान सफल हुने विश्वास गरिएको छ। नेपाल मिडिया सोसाइटीले देशका चर्चित भ्रष्टाचारजन्य घटनाका रुपमा केहि उदाहरणहरु समेत उठाएको छ । अर्बौको एलसेल कर मिनाह प्रकरण र कर पछर्यौटका नाममा कर छलीका लागि भएको घिनलाग्दो खेलमा राजनीतिक नेताहरु, उच्चपदस्थ कर्माचारीहरु र मन्त्रिपरिषदका सदस्यहरुको संलग्नता भएको घटना, भ्रष्टचार नियान्त्रणका लागि बनाएको संस्थामा संस्थाकै बद्नाम ह्ने गरी राजनीतिक स्वार्थ प्ररित ढंगबाट गरिएका नियुतिm र बहिर्गमनको खेल, न्यायिक सर्वोच्चता र सुशासनका पक्षमा उभिनबाट हतोत्साहित गर्ने गरी प्रधनान्याधिशमाथिको महाअभियोग प्रकरण र नेपाल आयल निगमका लागि जग्गा खरिद प्रकरण आदिले देशलाई गम्भिर दुर्घटना उन्मुख बनाएको छ ।

सबैभन्दा डरलाग्दो पक्ष यस्ता अधिकांश घटना र स्क्यान्डलमा प्रमुख रानीतिक दलहरुको संलग्नता र मौनता देखिएको छ । त्यसैले पनि नेपाल मिडिया सोसाइटीको यो अभियान अपरिहार्य देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

के आपत आइलाग्यो ? फेरि ओली झापा हिंडे ?

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com