ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षित मातृत्व कार्यक्रम असफल


bhawani desk

ओखलढुङ्गा, २९ भाद्र । घरैमा सुत्केरी गराउँदा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ पात्ले घुन्साकी २१ वर्षीया छोटिन शेर्पाको केही दिनअघि मृत्यु भयो । घरमै छोरी जन्माउनु भएकी २१ वर्षीय शेर्पाको साल अड्किएर लगातार रक्तस्राब भएपछि तत्काल उपचार नपाउँदा मृत्यु भएको हो ।

गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेवीका आङ्फुर्लु शेर्पाले बताउनुभयो । घरैमा सुत्केरी हुनु भएकी खिजीदेम्बाकै रगनीकी रीता मगरको पनि साल अड्किएर मृत्यु भयो ।

करीब चार घण्टाको प्रशव पीडापछि सकुशल शिशु जन्माएउनु भएकी रीताको साल नझरेको समस्या समाधान गर्न नसक्दा उनको मृत्यु भएको स्थानीयवासी बताउछन् । श्रीमतीको ज्यान बचाइदिन रीताका श्रीमान् गोपालले हारगुहार गरे पनि स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीले घरमा गएर सेवा दिन अटेर गरेपछि तीन सन्तानकी आमा रीताको मृत्युभयो ।

छोटिन र रीताको समस्या प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामा नगई घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको पाइएको छ । सुरक्षित सुत्केरी गराउन सङ्घीय सरकार र स्थानीय सरकारले आकर्षक सुविधा उपलब्ध गराए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

‘‘स्वास्थ्यमा हेलचेक्राँयी गर्नुहुँदैन भनेर गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुविधा दिने घोषणा पनि गरेका छौँ, तर अवस्था उस्तै छ’’ खिजीदेम्बा–९ का वडाध्यक्ष आङ्पशी शेर्पाले भन्नुभयो, “दुर्गम क्षेत्र र सचेतनाको कमीका कारण आमा र शिशु बचाउन समस्या भइरहेको छ ।” खिजीदेम्बामा लगातार घरैमा सुत्केरी भएका महिलाको मृत्यु भइरहेपछि गाउँपालिकाले समस्या समाधानका लागि कुनै ठोस् योजना बनाएको छैन ।

घरैमा सुत्केरी हुने क्रम रोकिएन

जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कअनुसार अझै प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेका छन् । तीन वर्षयता सय प्रतिशत गर्भवतीमध्ये ८५ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । बाँकी १५ प्रतिशत गर्भवतीले आ आफ्ना घरमा जोखिमपूर्ण तरिकाले बच्चा जन्माएका छन्् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा एक हजार ८१५ जना स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १३९ जनाले घरैमा बच्चा जन्माएका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा एक हजार ९४२ जना स्वास्थ्य संस्थामा र १२२ जना घरैमा सुत्केरी भएको तथ्याङ्क रहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा एक हजार २५७ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकोमा १२० भन्दा बढीले घरैमा बच्चा जन्माएका छन् ।

जिल्लाभरका स्वास्थ्य संस्थाले सङ्कलन गरेको तथ्याङ्कले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

सरकारी प्रयास असफल

स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहँच पु¥याउने सरकारी प्रयास असफल सावित भएको छ । सरकारले सुत्केरीका निम्ति उपलब्ध गराउँदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजाँदा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको सङ्ख्या बढी देखिएको हो ।

भौगोलिक असुविधा र यातायात समस्याका कारण पनि जिल्लाको दुर्गम गाउँका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ छ । जिल्ला अस्पतालसहित ३० भन्दा बढी स्वास्थ्य संस्था सुरक्षित सुत्केरी गराउन पाउने व्यवस्थामा सूचीकृत भएका छन् ।

परिवारको असहयोग

ओखलढुङ्गा जनजाति समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित बताउँछन् ।

गर्भवती महिलाले गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको पलापुकी एक गर्भवती महिलाले बताउनुभयो । ‘‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’’ नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नुभयो, “घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ,” उहाँले गुनासो गर्नुभयो ।

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी भएन

सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम ओखलढुङ्गामा प्रभावकारी भएको छैन । गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो । तर यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com