ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुला दिसामुक्त हुन नसक्दा दूषित बन्दै मलङ्गवा


bhawani desk
भाद्र २९, २०७५ शुक्रबार   १० : २८   बजे

सर्लाही, २९ भाद्र । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४-७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताउनुभयो ।

साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई शौचालयका लागि रिङ वितरण गरिए पनि त्यो रिङसमेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिङ पनि गुणस्तरहिन रहेको उहाँको भनाइ थियो ।

समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुला दिसामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताउनुभयो । पहिलेदेखि नै मलंगवालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो ।

नयाँ संरचनानुसार अझ चार गाविस थपिँदा झन समस्या भएको उहाँको भनाइ थियो ।जिल्लाका अन्य स्थानीय निकाय खुला दिसामुक्त हुदाँ पनि सदरमुकाममा पछि परेकामा नगरवासी निराश छन् ।

खुला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि रू १५ लाखसम्म उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताउनुभयो ।

खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुला दिसामुक्त गराउनका लागि जोड दिँदा उहाँले यसका लागि ठूलो रकम बिनियोजन गरिएकाले आर्थिक वर्ष २०७४-०७५ भित्रै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो तर समय सकिँदा पनि कार्यक्रम कार्यन्वनमा चासो दिइएन ।

जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुला दिसामुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group