
काठमाडौं,२६ भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनियमितता गर्ने भन्सार कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनलाई स्वच्छ, पारदर्शी र सदाचारी बनाउन मुख्य जोड दिइएको पनि स्पष्ट पार्नु भयो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सार कर्मचारीले बदमासी गरेको पाइए तत्काल मन्त्रालयमा खवर गर्न पनि उहाँले उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
निजी क्षेत्रको सहयोगमा सरकारले भन्सार प्रशासनलाई शुद्ध र सदाचारी बनाउने योजना तय गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।
अर्थमन्त्री खतिवडाले स्थानीय उत्पादनलाई बृद्धि गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको दावी पनि गर्नु भयो । उहाँले लगानी मैत्री वातावरण बनाउन सरकार लागि परेको पनि बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्