ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ


एबीसी न्यूज
भाद्र २४, २०७५ आईतबार   ९ : ४५   बजे

 

काठमाडौं, २४, भाद्र । इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ ।

अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका लागि सुनाएको हो । यसमा सात सय बढीलाई अभियुक्त बनाइएको थियो ।

सन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या गरेका थिए ।

दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजायँ सुनाइएको छ । एम्नेस्टी इन्टरनेशनलले अदालतको यो निर्णयमा असुन्तुष्टि जनाएको छ । एम्नेस्टीका अनुसार यो हास्यास्पद निर्णय हो किनभने यसमा एकजना पुलिसलाई पनि सजायँ तोकिएको छैन ।

एम्नेस्टी इन्टरनेशनलका हुसैन बामीले भने, ‘अदालतमा अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र प्रमाण पेश गर्न दिइएन । तर दोस्रो पक्षले जुन पनि प्रमाण अदालतमा ल्याइरहेका थिए त्यसलाई स्विकार गरिएको थियो । सबै ७५ को मृत्युदण्ड राजनीतिक रुपमा प्रेरित छ । यो निर्णयले वर्तमान सरकारविरुद्ध प्रदर्शन गर्नेहरुलाई यस्तै सजायँ दिइनेछ भनी जानकारी दिन खोजेको छ । यता सुरक्षाबललाई निकै सजिलै माफी दिइएको छ ।’

सन् २०१३ मा धेरैजसो प्रदर्शनकारी काहिराको राबा अल–अदविरा स्क्वेयरमा मारिएका थिए । उक्त प्रदर्शनकारी मोरसीका समर्थक र मुस्लिम ब्रदरहुडका सदस्य थिए । प्रदर्शनकारी अब्देल फतह अल–सिसीका सैन्य ‘कू’विरुद्ध मोरसीका समर्थकले प्रदर्शन गरिरहेका थिए । अल–सिसीले तीन जुलाई सन् २०१३ मा ‘कू’ गरेको थियो ।

अदालतले केही अभियुक्तलाई कम अवधीको सजायँ सुनाएको छ । सजायँ पाउनेहरुमा इस्लामिक नेता पनि समावेश छन् ।

फोटो जर्नलिस्ट महमूद अबु जैदलाई पनि पाँच वर्षको जेल सजायँ सुनाइएको छ जसले प्रदर्शनकारीहरुलाई तितरबितर बनाइरहेका सुरक्षाकर्मीको फोटो खिचेका थिए । उनलाई चाँडै नै जेलबाट रिहा गरिने अनुमान गरिएको छ किनभने मुद्धाको सुनुवाईमा नै उनले पाँच वर्ष जेलमा बिताइसकेका छन् ।

उनका भाइ महमूदले भने, ‘मलाई आशा छ कि हामी उनलाई चाँडै नै जेलबाट बाहिर निकाल्न सफल हुनेछौं । प्रक्रिया पूरा हुन समय लाग्नेछ । यसबारे हामी आफ्नो वकिलको सल्लाह अनुसार अगाडि बढ्नेछौं ।’

यो मामलामा सरकारले थुप्रै प्रदर्शनकारीसँग हतियार पनि थियो र झडपमा आठ पुलिसकर्मीको ज्यान पनि गएको बताएको छ । यद्यपी, यसअघि सरकारले प्रदर्शनमा ४० पुलिसकर्मीको ज्यान गएको बताएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group