ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको कुटनीति आर्थिक समृद्धि र विकास : प्रचण्ड


ABC NEWS

काठमाडौं २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई नेपालको आर्थिक विकासमा सघाउन अपिल गरेका छन् ।
तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथसिंह, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल र विदेशमन्त्री सुस्मा स्वराजसंग भेटवार्ता गरेका छन् । ती भेटवार्ता पहिले भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए)ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल भारत सम्बन्धका विविध आयाममा बोलेका थिए । भारतसँग नेपालको सम्बन्ध विशिष्ठ रहेको तर, नयाँ परिप्रेक्ष्यमा परिभाषित गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।

अन्तरक्रियामा प्रचण्डले इतिहासको स्मरण गर्दै भने – बाह्र वर्षे द्वन्द्व र त्यसपछिका बाह्र वर्षको परिस्थिति विल्कुल फरक परिस्थिति हो  । युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो  । मेरा लागि यो अवसर थियो  । सम्राट् अशोक पछि बौद्धमार्गी भए  । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो  । मेरा लागि यो दुर्लभ अवसर हो  । मसँग अरू विकल्प पनि थिएन  । मैले हतियार र लडाकु व्यवस्थापनको जोखिम लिएँ, जसका कारण पार्टी फुट्यो, हामी तेस्रो भयौँ  । यसमा मलाई पछुतो छैन  । तर फेरि नेपालको कम्युनिस्ट आन्दोलन नै एकीकृत गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा अघि बढाउने तहमा पुगेका छौं । यसमा मलाई गर्ब छ । ’ प्रचण्डले भदौ २२ गते भारतीय बद्धिजीवीहरुका बीचमा नेपालको विकसित स्थितिका बारेमा यसरी व्याख्या गरेका थिए । वाम तालमेलदेखि पार्टी एकतासम्मको प्रक्रियामा असन्तुष्ट बनेको भारतलाई प्रचण्डले भने ’विकसित र समुन्नत छिमेकी (भारत र चीन) हाम्रो उन्नति र आर्थिक विकासका लागि अवसर हुन् । यो नेपाली जनताको साझा बुझाइ हो  ।
प्रचण्डले भारतसंगको कुटनीतिक सम्बन्ध केवल एकले अर्कालाई प्रयोग गर्ने वा भारतले नेपालको आन्तरिक मामिलमा खेल्ने तहबाट समृद्धिको यात्रामा सघाएर आफ्नो सुरक्षा चासोप्रति ढुक्क हुन समेत सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com