ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा


bhawani desk
भाद्र २०, २०७५ बुधबार  १ : ५६ बजे

काठमाडौं,२० भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन-तीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन-तीन विद्यालय छनोट गरेको हो ।

यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)मा सामुदायिकतर्फ प्रथम अमरसिंह माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौँ, तृतीय बज्रबराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुर तथा संस्थागततर्फ प्रथम एसओएस हरमन माइनर माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुर, द्धितीय एभरेष्ट इङ्लिस बोडिङ माध्यमिक विद्यालय विराटनगर मोरङ, तृतीय नेशनल सेकेण्डरी स्कूल इमाडोल ललितपुर रहेका छन् ।

यसैगरी माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ प्रथम शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक ललितपुर र तृतीय कालिका माध्यमिक विद्यालय, कालिकानगर बुटवल रुपन्देही रहेका छन् भने संस्थागततर्फ प्रथम मदरल्याण्ड माध्यमिक विद्यालय मासवार, पोखरा कास्की, द्धितीय जेम्स माध्यमिक विद्यालय धापाखेल, ललितपुर र तृतीय ज्ञान निकेतन माध्यमिक विद्यालय, शङ्खमूल, काठमाडौँ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यमा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट छनोट भएका विद्यालयलाई पुरस्कार वितरण गरिने छ ।

प्रथम, द्धितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाखसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने सहसचिव गौतमले जानकारी दिनुभयो ।

यसपटक मन्त्रालयले केन्द्रीयस्तरमा मात्र पुरस्कार प्रदान गर्ने छ । यसैगरी दिवसको अवसरमा प्रदेश र स्थानीय तहले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कार प्रदान गर्ने छन् ।

प्रदेश र स्थानीय तहमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिनका लागि ‘शिक्षा पुरस्कार निर्देशिका –२०७५’ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com