ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह निकाय प्रविधिमैत्री बन्दै


bhawani desk
भाद्र २०, २०७५ बुधबार   १० : ३६   बजे

तुलसीपुर, २० भाद्र । यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।

पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत गर्न थालिएको छ ।

स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् । सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

वडा कार्यालयबाट अनलाइनमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ता वितरण, नाम दर्ता, लगत कट्टा, परिचयपत्र दिनेलगायत काम भइरहेको छ ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । सबै वडाबाट अनलाइनमार्फत कर सङ्कलन र घटना दर्ता गर्न थालेको वरिष्ठ वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिने योजना बनाएको छ ।

यस्तै लमही नगरपालिकाले सबै वडाबाट कर सङ्कलन र घटना दर्ता शुरु गरेको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीका अनुसार सबै वडालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ । “प्रविधिमैत्री सेवाका कारण नागरिक र कर्मचारीलाई सहज भएको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group