ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी अफगानिस्तानमा अमेरिकी सैनिक मारिए


एबीसी न्यूज
भाद्र १९, २०७५ मंगलबार   ५ : १२   बजे

एजेन्सी,  १९ भाद्र । पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआवद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा यस वर्ष हालसम्म छ जना अमेरिकी सेनाले आन्तरिक आक्रमणमा ज्यान गुमाएका छन् । विज्ञप्तिमा सोही घटनामा घाइते भएका अर्का नेटो सैनिकको अवस्था स्थिर रहेको जनाइएको छ ।

गठबन्धन सेनाविरुद्ध यस प्रकार भइरहेका आन्तरिक आक्रमणहरुको तालिबान आतङ्ककारी समूहले जिम्मेबारी लिँदै आएकोछ ।

गत जुलाई ७ मा अफगानिसतानको दक्षिणी प्रान्त उरुज्गानमा भएको एक यस्तै आक्रमणमा एक अमेरिकी सैनिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका थिए ।

सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा रहेका नेटो सेनाले प्रत्यक्ष युद्धबाट आफूहरु अलग रहने घोषणा गरेका थिए । अफगानिस्तानमा करिब १३ वर्षसम्म अमेरिकी नेतृत्वको नेटो सेनाले प्रत्यक्ष युद्ध लडेको थियो ।

यद्यपी करिब १६ हजार विदेशी सेना अझै पनि अफगानिस्तानमा तैनाथ छन् । ती सेनाले अफगान सुरक्षाकर्मीलाई तालिम, परामर्श र आतङ्ककारीसँगको युद्धमा अप्रत्यक्ष सहायता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group