ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानका विदेशमन्त्री मोहम्मद अकस्मात सिरियामा


bhawani desk
भाद्र १८, २०७५ सोमबार   ५ : ४२   बजे

एजेन्सी,१८ भाद्र । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा जानुभएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न उहाँ सिरिया पुग्नुभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले राजधानी तेहरानमा सम्वाददाताहरुसँग बताउनुभयो ।

उहाँले इदलिबबाट सिरियाले आतङ्ककारीहरुलाई हटाउने विषयमा गरेको कार्यका लागि सिरियाली अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ । इदिलिब सिरिया, टर्की र इरानको सीमा क्षेत्रमा पर्दछ ।

त्यहाँबाट आतङ्ककारीलाई हटाउन सिरियाले पनि पछिल्लो समयमा ठूलो संख्यामा सरकारी फौज परिचालन गरेको थियो ।

त्यस विषयमा इराकी विदेशमन्त्री जरिफले सिरियाली राष्ट्रपति बसार अल–असदसँग भेटवार्ता गर्नुहुने बताइएको इरानी समाचार समिति आइएसएनएले जनाएको छ ।
उहाँको यो भ्रमण इरान, रुस र टर्कीका राष्ट्रपतिहरुको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएको पनि जनाइएको छ ।

रुस, इरान र टर्कीका राष्ट्रपतिबीच सिरियाली द्वन्द्वको बारेमा आगामी शुक्रबार इरानको राजधानी तेहरानमा भेटवार्ता हुन लागेको छ ।
सिरियाले आफ्नो भूमिबाट आतङ्कवादीहरुलाई हटाएको घटनाको इरानले समर्थन गरेको छ ।

यसअघि इदलिबमा सिरियाली सरकारी फौज परिचालन गरेको घटनाको पनि इरानले समर्थन गरेको थियो ।

इरानी रक्षामन्त्री पनि गत हप्ता सिरियाली शहर दमासकस पुग्नुभएको थियो । सिरिया गएको सात वर्षदेखि गृहयुद्धमा छ । उसलाई इरानले आर्थिक र सैन्य सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group