ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ महिने बालिका हत्या छानबिन गर्न उच्चस्तरीय समिति गठन


bhawani desk

धनुषा, १६ भाद्र । महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताउनुभएको हो ।

घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने छ, उहाँले भन्नुभयो, “हत्यारा जहाँ भए पनि खोजर कानुनी कारवाही गर्न सरकार प्रतिवद्ध छ ।”

आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दै रौतहट लालबकैया नदीमा पाँच जनाको मृत्यु हुनेगरी भएको डुङ्गा दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीे गरिने बताउनुभयो ।

समयमा काम नगर्ने ठेकेदारलाई समेत कारवाही हुन्छ, उहाँले भन्नुभयो, “यसका लागि छिट्टै नै सार्वजनिक खरिद ऐन ल्याउने तयारी प्रदेश सरकारको छ ।”

मन्त्री यादवले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धी विधेयक समेत ल्याइने जानकारी दिनुभयो ।

यसअघि बैठकमा प्रदेशसभा सदस्य मनिष सुमनले लालबकैया नदीमा समयमै पुल नबन्दा डुङ्ग दुर्घटना भएको र त्यसका लागि पुलनिर्माणको ठेक्का लिएका पप्पु कन्सट्रक्सनलाई कारवाहीको माग गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालबाट औँलो रोग उन्मूलन भइसकेको घोषणा गरिसकेकाले सो रोग न्यूनीकरणका लागि प्रदेश सरकारले सुपानेट झुल वितरण गर्न रु पाँच करोड छुट्ट्याएकोमा आपत्ति जनाउँदै ‘बजेटमा सुपानेट झुल वितरणका लागि रु पाँच करोड छुट्टयाउँदा हामीले यसको विरोध गरेका थियौँ, त्यतिबेला अर्थमन्त्रीले यो हटाइने प्रतिबद्धता जनाए पनि अहिले रेडबुकमासमेत उल्लेख नै छ, यो किन हटेन ?’ भनी प्रश्न गर्नुभयो । सदस्य सुमनले सामाजिक परिचालकको माग पूरा हुनुपर्नेमा पनि जोड दिनुभयो ।

अर्का सदस्य मञ्जु यादवले प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनलाई बहिस्कार गर्ने सदस्यहरुलाई कारवाहीको माग गर्दै प्रदेश सरकार गठन भएको आठ महिना भइसके पनि जनताले सुशासन र विकासको अनुभूति गर्न नसकेको बताउनुभयो ।

प्रदेशसभा सदस्य ज्वाला साहले जनताको इच्छाविपरित प्रदेश सरकारले रेडबुकमा मनमानी तरिकाले आवश्यक योजना ल्याएकोमा आपत्ति जनाउँदै सरकार विकास निर्माणमा जोड दिनुपर्छ भन्नुभयो ।

यसैगरी प्रदेशसभाको शुक्रबारको बैठकले मुख्यन्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको अन्य सर्तमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको थियो ।

विधेयक मुख्य न्यायाधिवक्ताको पारिश्रमिक मासिक रु ५४ हजार ५९० निर्धारण गरिएको छ । यस्तै अन्य सुविधामा विशेष भत्ता मासिक दुई हजार, आवास सुविधा १७ हजार ९५०, घर मर्मतका लागि आठ हजार ९७५, विद्युत् महसुल खर्च एक हजार पाँच सय, इन्धन मासिक १५० लिटर, कपडा भत्ता १० हजार, विदेश भ्रमण १७५ डलर दैनिक र भ्रमण भत्ता दुई हजार पाँच सय दैनिक निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com