ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने


bhawani desk
भाद्र ८, २०७५ शुक्रबार   २ : १९   बजे

एजेन्सी,८ भाद्र । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लाग्नुभएको छ । उहाँले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिनुभयो ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै रहनुहुने पनि बताउनुभयो ।

“स्टिभले उत्तर कोरियासम्बन्धी अमेरिकी नीतिका बारेमा नेतृत्व लिनुहुनेछ, राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच भएका सम्झौताको पूर्ण कार्यान्वयनमा योगदान दिनुहुनेछ,” विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पोम्पेओले भन्नुभयो ।

अमेरिका र उत्तर कोरियाले जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा भएका सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा वार्ताहरु गरिरहेका छन् । दुवै नेताबीच कोरियाली द्वीपलाई आणविक हतियारविहीन पूर्ण निःशस्त्रीकरण गर्ने समझदारी भएको छ । उत्तर कोरियाले पनि अमेरिकाबाट सुरक्षाको पूर्ण प्रत्याभूति चाहेको छ ।

तर, प्योङयाङले पहिले आफूसँग भएका सबै आणविक हतियारका बारेमा जानकारी दिनुपर्ने अमेरिकाको माग रहिआएको छ भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा समाप्त भएको अमेरिकाले घोषणा गर्नुपर्ने उत्तर कोरियाको आग्रह छ ।

उत्तर कोरियामाथि लागेका आर्थिक नाकाबन्दीको विषयले पनि तनाब सिर्जना गरिआएको छ ।

अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण नगर्दासम्म प्रतिबन्धहरु यथावत राख्ने जनाइसकेको छ । यही एक महिनाभित्रै अमेरिकाले उत्तर कोरियासँग सम्बन्धित गैरकानुनी व्यापारलाई लक्षित गरी तीनवटा एकतर्फी प्रतिबन्ध घोषणा गरिसकेको छ ।

प्योङयाङले अन्तर्राष्ट्रिय प्रतिबन्धका विरुद्धमा अमेरिकाको चर्को आलोचना गरेको छ । गतसाता कीमले प्रतिबन्धका सम्बन्धमा कटाक्ष गर्दै “दुश्मन शक्ति” को कायरतापूर्ण कार्य रहेको बताउनुभयो । यसै वर्षमात्र पोम्पेओको यो उत्तर कोरियाको चौथो भ्रमण हो ।

पहिला दुईवटा भ्रमणमा पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच ऐतिहासिक शिखर बैठकको तयारी गर्नुभएको थियो । उहाँको तेस्रो भ्रमण भने सिंगापुर बैठकको प्रगतिको समीक्षा गर्नेतर्फ केन्द्रित थियो । तर यस पटकको भ्रमणमा कीमसँग भेटघाट हुने वा नहुने भन्नेबार प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group