ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत


एबीसी न्यूज
श्रावण २४, २०७५ बिहीबार  ९ : ५९ बजे

काठमाडौं, २४ साउन । नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।
तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए । ‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले भने ।

३६ महिनमा साढे १५ सयमाथि बलात्कार प्रयास

गएको ३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ । अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले बढेको देखिन्छ । पीडित अधिकांश बालिका नै छ ।

प्रहरी प्रवक्ता डिआइजी नेउपानले भने, ‘घटना विश्लेषण गर्दा अधिकांश घटनामा बालिकामाथि बलात्कारको प्रयास भएको देखिन्छ । त्यसपछि किशोरी निसानामा पर्ने गरेको देखिन्छ । यो संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ ।’

प्रहरीमा रिपोर्टको दर बढेको छ
शैलेस थापा
प्रवक्ता, नेपाल प्रहरी
बलात्कारका घटनाको रिपोर्ट पहिला प्रहरीसम्म कमै मात्र आइपुग्थे । अहिले धेरैजसो आउँछन् । चार वर्षमा ४ हजार १ सय ७७ विरुद्ध मुद्दा चलेको छ । पीडितमा आएको चेतना, प्रहरीप्रति बढेको विश्वास, पीडिकमाथि कारबाही बढेको मान्नुपर्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com