ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयो अमेरिकासँग चीनको व्यापारमा कमी


bhawani desk

बेइजिङ, २३ साउन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ ।

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ ।

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो । अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो । ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आउनुभएको छ ।

चीनको विश्वव्यापी व्यापारिमा पनि कमी आएको छ । आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ । चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आएपनि ट्रम्पसँगको तनाब कम हुने देखिन्न । जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनीया उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । बेइजिङले पनि यस्तै कम चालेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ । ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ । यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ ।

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने तयारी थालेको छ ।

ट्रम्पले व्यापार युद्धलाई सहजै जित्न सकिने बताइआउनुभएको छ र चीनले आफ्ना कार्यमा सुधार नगरे सबै चिनीया आयातमा कर लगाउने चेतावनी दिनुभएको छ । उहाँले यस कार्यबाट ३३५ अर्ब अमेरिकी डलरको व्यापार घाटालाई न्यूनीकरण हुने बताउनुभएको छ ।

अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन् । ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ ।

अक्सफोर्डका अर्थशास्त्रीहरुका अनुसार, अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी कूल घरेलु उत्पादनमा सन् २०२० सम्ममा करिब ०.७ प्रतिशतले कमी आउनेछ ।

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com