ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा


bhawani desk
श्रावण २३, २०७५ बुधबार  १२ : ३० बजे

जाजरकोट, २३ साउन । जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाईको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो ।

टोलीले सदरमुकामस्थित पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटीयालगायत स्थानका हजार बढी घर पहिरोको जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ ।

जतिखेर पनि घर भत्कन सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै पहिरोको प्रकृति कस्तो खालको छ । कुन क्षेत्र बढी प्रभावित छ ? के कारण पहिरो गयो लगायतका विभिन्न पक्षमा दीर्घकालीनरुपमा समस्या समाधान गर्न सुझाव र लागत अनुमान तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा आएको अधिकृत मण्डलले बताउनुभयो ।

भिरालो जमीनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । मन्त्री बस्नेतले सदरमुकाम खलङ्गामा देखिएको पहिरोको जोखिम निराकरण गर्न टोली तत्काल जान निर्देशन दिएलगत्तै जाजरकोट पुगेर अध्ययन गरिएको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करीब रु २० करोड तत्काल खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com