ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी र प्रहरीबीच भिडन्त, १५ माओवादी मारिएको दाबी


एबीसी न्यूज

छत्तीसगढ,२१ साउन । भारत छत्तीसगढको सुकमा जिल्लामा सोमवार बिहान प्रहरी र भारतीय माओवादीका लडाकू बीच भएको मुठभेडमा १५ जना माओवादी मारिएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बस्तरका आइजी विवेकानन्द सिन्हालाई उधृत गर्दै भिडन्तपछि अहिले सो क्षेत्रमा खोजी कार्य भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले कोन्टा र गोलापल्ली क्षेत्रमा सय भन्दा धेरै माओवादी जम्मा भएको सूचना पाएपछि सीआरपीएफ, स्पेशल टास्क फोर्स र डिस्ट्रिक्ट रिजर्व फोर्सको संयुक्त टोलीले सर्च अभियान शुरू गर्यो ।

उनीहरुको साथबाट हतियार ठूलो मात्रामा गोला–बारूद पनि बरामद भएको बताइएको छ । पाँच लाख इनाम दिएर एक जना महिला माओवादीलाई प्रहरीले पक्राउ गर्यो र त्यसपछि उक्त सर्च अभियानमा यो सफलता भारतीय सुरक्षाकर्मीलाई मिलेको बताइएको छ ।
यो वर्षमात्रै सो क्षेत्रमा तीनवटा ठूलो घट्ना भएका छन् । २ मार्चमा तेल्ङगाना प्रहरीको सहयोगमा छत्तीसगढको बीजापुरमा आधा दर्जन महिला कमाण्डरसहित १० जना माओवादी मारिएका थिए । २२ अप्रलिमा पूर्वी महाराष्ट्रको के गढचिरौली जिल्लामा भएको मुठभेडमा ३७ माओवादीको शव बरामद गरेको भारतीय प्रहरीले बताएको थियो । त्यसैगरी १९ जुलाईमा बीजापुरमै ८ जना माओवादी मारिएका थिए । जसमा माओवादीका शीर्ष नेतासमेत रहेका भारतीय अधिकारीहरुले दाबी गरेका थिए ।

छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले २ अगस्तमा माओवादी विरुद्धको कारबाहीलाई थप सशक्त पारिने बातएका थिए । मुख्यमन्त्री सिंहले त्यति बेला माओवादीहरुलाई ‘आत्मसमपर्ण गरेर राजनीतिक मुलधारमा आउन वा मर्नका लागि तयार रहन’ भनेका थिए ।

गएको ३ अगस्तमा दोरनापाल ९सुकमा० मा माओावादीले एक वर्षभित्र आफ्ना २०६ नेता कार्यकर्ता मारिएका र त्यसमा ७२ जना महिला भएको स्वीकार गरेको थियो । दण्डकारण्यमा सबैभन्दा धेरै १५० जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com