ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत


bhawani desk

बेइजिङ, १७ साउन ।  गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।

सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले “ड्रागनफ्लाई” गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् ।

मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्नेगरी यो परियोजनामा काम हुँदैछ । स्रोतका अनुसार, यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

ती कर्मचारीका अनुसार, अमेरिकी सञ्चार माध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी एक करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए । तर यस सम्झौतालाई नवीकरण गरिएन ।

“कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिसहरु ज्यादै पागल हुँदैछन्,” स्रोतले भन्यो ।
गुगलका एकजना प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन चाहेनन् । “हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनीया निर्माताहरुलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनीया कम्पनीमा राम्रै लगानी गरेका छौं,” प्रवक्ता ताज मिडोजले बताउनुभयो । “तर हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं ।”

द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो । यस परियोजना मार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ ।

इन्टरसेप्टका अनुसार, मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरु कालोसूची (ब्लाकलिस्ट) मा पर्दछन् । चीनको ग्रेट फायरवालले अबरुद्ध गरेका वेबसाइटहरु यो एपले पहिचान र फिल्टर गर्दछ ।

यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्यूयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनीया अधिकारीहरुले हेरेकै आधारमा गुगलको सेवा चीनमा शुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । “चीनको कठोर सेन्सरसीप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिने छ,” प्याट्रिक पूनले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा हाल ट्वीटर, फेसबुक र द न्यूयोर्क टाइम्स अखबारका वेबसाइटहरु प्रतिबन्धित छन् ।

सन् २०१० मा गुगलले सेन्सरसीप र ह्याकिङको विवाद पश्चात् चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तैपनि, चीनमा गुगलको अन्य परियोजनामा ७०० मानिस कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com