ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित


admin

काठमाडौँ, १५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो ।

बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका छन् । कारोबार सुरु हुने समय बिहान ११ः०० बजे नै सङ्घले विरोध जनाएपछि बजार प्रभावित भएको थियो ।

सङ्घका अध्यक्ष नरेन्द्रजङ्ग सिजापतिले आफूहरु कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको जानकारी दिनुभयो । उहाँले सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरुलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको उल्लेख गर्नुभयो ।
बोर्डका प्रवक्ता नीरज गिरीले भने कुनै पनि समस्या नभएकाले विवाद संवादद्वारा समाधान हुने बताउनुभयो ।

महालेखा परीक्षकको कार्यालयले आव २०६९/७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो ।

राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com