ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानका खेतमा नार्कमा भन्दा आधा उत्पादन


एबीसी न्यूज
श्रावण १५, २०७५ मंगलबार  ४ : ४० बजे

ललितपुर, १५ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)  ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान फल्ने गरेको छ ।

किसानका खेतमा गर्नुपर्ने काम समयमा नहुने, मलखादको व्यवस्था नहुने र सिँचाइको उपलब्धता राम्रो नहुँदा नार्कले अध्ययनका लागि फलाएको भन्दा कम उत्पादन हुने गरेको हो । नार्कको आफ्नो खेतमा भन्दा किसानको खेतमा झण्डै आधा उत्पादन हुने बाली विज्ञान महाशाखाका प्राविधिक अतीत पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय बीउ हामीले यहाँ परीक्षण गर्दा एक हेक्टरमा पाँच÷छ टनसम्म फल्छ भने त्यही बीउ किसानको खेतमा जम्मा तीन टन मात्रै फलेको छ ।”

नार्कले आफूले लगाएको भन्दा किसानको खेतमा कम उत्पादन दिने हुनाले नै अध्ययनका क्रममा उत्पादन राम्रो देखिएको बीउ किसानको खेतमा परीक्षण गरेर मात्रै सिफारिस गर्दै आएको छ । उहाँ भन्नुहुन्छ, “हामीले विकास गरेका उन्नत जातले यहाँ राम्रो उत्पादन दिएपछि किसानलाई एक वर्ष लगाउन दिइन्छ र त्यसैको आधारमा मात्रै सिफारिस गर्ने÷नगर्ने टुंगो लगाइन्छ ।”

एउटा बीउ सिफारिसका लागि पनि छ सात वर्षसम्म लाग्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पहिले यहाँ रोपेर उत्पादन आएपछि पनि यहाँका त्यसअघिका बीउले भन्दा बढी उत्पादन दिने र रोग प्रतिरोधी क्षमता हुँदा मात्रै नयाँ बीउ सिफारिश गर्दै आएका छौँ ।” किसानका खेतमा लगाएर त्यहाँबाट आएको सुझावका आधारमा मात्रै सिफारिश हुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com