
काठमाडौं,१३ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको छ ।
सिंहदरबारमा आइतबार बसकोे संसदीय सुनुवाई बिशेष समिति बैठक अनौपचारिकतामा मात्र सिमित भएपछि जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको हो ।
विवादका विषयमा प्राप्त आधार प्रमाण परीक्षणका क्रममा रहेको भन्दै बैठक लम्वाईएको हो । समिति सभापति लक्ष्मणलाल कर्णले अनौपचारिक छलफलपछि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक डाकिएको जानकारी दिनुभयो ।
जोशीका बिषयमा अध्ययन जारी रहेको भन्दै उहाले केही समिति सदस्य बाहिर जानुपर्ने भएकाले बैठक भोलिसम्मका लागि सारिएको दाबी गर्नुभयो ।
जोशीको गत बिहीबार नै सुनुवाइ सकिए पनि निर्णय भएको छैन । सुनुवाइकै क्रममा उहाको शैक्षिक योग्यताको विवादले प्रवेश पाएपछि समितिले अध्ययन गरिरहेको छ । एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ ।



















प्रतिक्रिया दिनुहोस्