
काठमाडौं,११ साउन । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले विद्युत सेवामा देखिएका सुरक्षा चुनौतिलाई व्यवस्थित गरिने बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौधौ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले विद्युत् प्रशारण लाईन सुधारको आवश्यकता टट्कारो रुपमा देखिएकाले आवश्यकता अनुसार शब स्टेशनको व्यवस्था गरि आवश्यकक प्रबन्ध मिलाउने बताउनुभयो ।
बर्षादको समयमा मुलुकका अधिकांश स्थानमा काठको पोल ढल्ने र त्यही कारणले दुर्घटना हुने गरेको भन्दै काठको पोल विस्थापित गरि सुरक्षित विद्युत् प्रशारण लाईनको व्यवस्था गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने प्रतिवद्धता पनि जनाउनुभयो ।
उर्जा क्षेत्रको विकासका साथै समग्र विकासलाई सुनिश्चितता गर्ने वातावरण श्रृजना गर्न तर्फ सरकार लागिरहेकाले उर्जा उत्पादन र त्यसमा सबैको पहुँच पुर्याउने तर्फ मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।
उहाँले उर्जा क्षेत्रमा लगानी विस्तारका लागि आवश्यकता अनुसार औद्योगिक ऐन परिमार्जन गरिने बताउनुभयो । कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुर्वाधारका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था श्रृजना हुन नदिनका लागि पुर्वाधार निर्माण र शहरी क्षेत्रको विद्युत् प्रशारण प्रणली सुधारको आवश्यकता औल्याउनुभयो ।
उहाँले उर्जा खपत बढाउने सवालमा ग्रामिण विद्युतिकरणको महत्वपुण भुमिका रहने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्