ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो पार्टी विजयी भएको इमरानको दाबी


एबीसी न्यूज

इस्लामावाद, ११ साउन । क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गर्नुभएका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गर्नुभएको छ ।

बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाँले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ धेरै ठाउँमा विजयी भएको दाबी गर्नुभएको हो ।

निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुने भनिए पनि अहिलेसम्म औपचारिक रूपमा मत परिणाम भने सार्वजनिक भएको छैन ।

पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो ।

मतदान सकिएको २४ घण्टाभन्दा बढी समय भइसक्दासमेत मत परिणाम सार्वजनिक नभएको र अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिएको आलोचकहरूको भनाई छ ।

पराजित भएका दलहरूले मतपरिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मतपरिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ ।

कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ ।

“यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताउनुभयो ।

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन)ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका विरुद्धमा राजनीतिक एवं कानूनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ ।

आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराउनुभएको छ ।

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दाबढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

पाकिस्तानमा कूल २७० स्थान रहेको राष्ट्रिय सभाबाट सरकार गठनका लागि १३७ स्थान आवश्यक पर्दछ ।

“हामीलाई जनताले मतादेश दिएका छन्, हामी सफल भएका छौँ,” ६५ वर्षीय खानले सञ्चारकर्मीहरूसँग उत्साहित हुँदै भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com