ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा


bhawani desk

 

एजेन्सी , १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ ।

नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

मतदानका क्रममा पाकिस्तानको क्वेटा प्रान्तमा भएको सो बम हमलामा परी ३१ जनाको ज्यान गएको थियो । यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको सो विज्ञप्तिमा बम आक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

सो विज्ञप्तिमा महासचिव गुटरेसले आतङ्कवादका विरुद्धमा पाकिस्तान सरकारले जारी राखेको लडाइँमा आफ्नो सहयोग र ऐक्यबद्धता रहेको पनि बताउनुभएको छ ।

पाकिस्तानमा संसद र चारवटा प्रान्तीय सभाका लागि बुधबार मतदान भएको थियो ।

यहाँ निर्वाचनजन्य हिंसामा परी अरु कैयौँको ज्यान गएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई जेल सजाय सुनाइएकाले पनि हिंसा बढ्ने अनुमान गरिएको थियो ।

आतङ्ककारी गतिविधिबाट सताइएको पाकिस्तानमा चुनाव–केन्द्रित हिंसात्मक घटना भएका छन् । हिंसात्मक आक्रमणमा परी १८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com