काठमाडौं– समुद्री सतहदेखि करिब १ हजार ८०० मिटरको उचाइमा रहेको राइनासकोट प्रचारप्रसारको अभावमा पर्यटकिय क्षेत्र भएर पनि ओझेलमा छ ।
नेपालका ऐतिहासिक तथा पर्यटकिय धरोहरहरुको उचित संरक्षंण हुनसक्दा यस्ता क्षेत्र ओझेलमा पर्ने गरेका छन् । लमजुङको राइनासकोट आफैमा एउटा ऐतिहासिक र उत्कृष्ट पर्यटकीय क्षेत्र भए पनि समयमै सम्बन्धित निकायको कम चासोको कारण र हुनुपर्ने विकास नहुदा पर्यटक पुग्न सकेका छैनन् ।
ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके खण्डमा गण्डकी प्रदेशको मात्र नभएर सिङ्गो देशकै नमुना पर्यटकीय गाउँ बन्न सक्ने छ ।
भिडियो








प्रतिक्रिया दिनुहोस्