ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलनजिकै आत्मघाती आक्रमण, २३ को मृत्यु, १०७ जना घाइते


bhawani desk

एजेन्सी , ७ साउन ।  अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ ।

विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् ।

निर्वासनमा रहनुभएका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत गर्न जम्मा भएका समूहलक्षित सो आक्रमण भएको जनाइएको छ ।

एक प्रत्यक्षदर्शीले आफूले जीवनमा पहिलो पटक यसप्रकार आत्मघाती आक्रमण देखेको एएफपी समाचार समितिलाई बताएका छन् ।

यस घटनामा परी २३ व्यक्तिको मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका काबुल प्रहरी प्रवक्ताले पुष्टि गर्नुभएको छ ।

मारिएका व्यक्तिहरुमा सुरक्षा बल र ट्राफिक प्रंहरी पनि रहेका प्रवक्ताले थप जानकारी दिनुभएको छ ।

शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ६० घाइते भएको समाचार आएको थियो ।

स्वास्थ्य मन्त्रालयले दिएको पहिल्लो जानकारीमा २३ को मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका छन् । तर घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि मन्त्रालय आशङ्का व्यक्त गरेको छ ।

एएफपी समाचार समितिका ३१ वर्षीय सवारी चालक मोहमद अख्तारको पनि यस आत्मघाती आक्रमणमा मारिएका छन् ।

वरिष्ठ सरकारी अधिकारी, राजनीतिक नेता र समर्थकहरु आफ्ना नेता दोस्तुमलाई स्वागत गर्नको विमानस्थलमा जम्मा थिए । यस आक्रमणको इस्लामिस्क स्ट्टेस (आइएस) ले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com