ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोड लागतमा निर्मित पशुवधशाला प्रयोग विहिन


bhawani desk

झापा,७ साउन । करिब एक करोड लागतमा सञ्चालनमा आएको झापाको भद्रपुरस्थित पशु बधशाला प्रयोग विहिन हुने अवस्थामा पुगेको छ ।

भद्रपुर नगरपालिकाले पशु बधशालाको आन्तरिक व्यवस्थापनमा खासै चासो नदेखाउँदा सरकारको एक करोड रुपैयाँ बराबरको लगानी खेर जाने स्थितिमा पुगेको छ, भने चोक चोकमा माछामासु पसल खोल्ने क्रम समेत बढेर गएको छ ।

भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको भद्रपुर ५ स्थित बसपार्क छेऊमा सञ्चालनमा ल्याएको पशु बधशाला प्रयोग विहिन अवस्थामा पुगेको छ । नगरका अव्यवस्थित माछा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गराउने उदेश्यका साथ नगरपालिकाले ठूलो लगानीमा पशु बधशालामा निर्माण गरेको हो ।

तर, अहिले पशु बधशालामा रहेको १० वटा सटर (पसल) मध्ये अहिले चार वटा पसल मात्र सञ्चालनमा छ । बधशाला भित्र पसल भाडामा लिएर बसेका व्यवसायी अहिले बधशाला छाडेर नगरको चोक-चोकमा पसल थापेर माछामासु बिक्रीवितरण गरिरहेका छन् । यसरी सडक तथा बजार क्षेत्रमा जथाभावी माछामासु पसल खोल्ने क्रम बढेपछि नगरमा दुर्गन्ध फैलिनुका साथै उपभोक्ताले स्वच्छ तथा सफा माछामासु खानबाट समेत बञ्चित हुनु परेको छ ।

पशु बधशालामा भित्रै सञ्चालित बिजय मासु पसलका सञ्चालक विजय साहका अनुसार जथाभावी चोक-चोकमा माछामासु पसल खोल्ने व्यवसायीलाई नगरपालिकाले कानुन बमोजिम कारवाही गर्न नसक्दा पशु बधशाला प्रयोग विहिन बन्ने अवस्थामा पुगिसकेको बताउनुभयो ।

नगरपालिकाको १९ कठ्ठा जग्गामा निर्माण गरिएको बधशालामा १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया खर्च भएको छ । २०६७ चैतमा कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रलायको जगेडा कोषबाट ४६ लाखलाख र नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया बधशालाको निर्माण गरिएको हो ।

बधशाला निर्माण कार्य सुरुदेखि नै विवादित बनेको थियो । पहिलो चरणको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराएपनि दोस्रो चरणको कार्य टेण्डर प्रक्रिया मार्फत नगरपालिकाले गराएको थियो ।

२०७० असारमा सञ्चालन आउनुपर्ने बधशाला तीन बर्षअघि मात्र सञ्चालनमा आएको थियो । नगरपालिकाले बधशाला उद्घाटन नगरी सञ्चालन ल्याएको छ । कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवद्र्धनमार्फत जिल्ला पशुसेवा कार्यालय झापाले बधशालालाई व्यवस्थित बनाउन तीन बर्षअघि ३० लाख रुपैयाँ थप बजेट छुट्टयाएको थियो ।

तर, नगरपालिकाले ३० लाख रकम लिन अस्विकार गर्दा आएको बजेट समेत फिर्ता गएको थियो । नगरपालिकाले वेवस्ता गर्दा करोडको भौतिक संमरचना खेर जाने अवस्था पुगिसकेको माछा व्यवासयी राजु रायले बताउनुभयो ।

यता भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार पशु वधशाला र माछामासु बिक्री केन्द्र फरक भएको प्रतिक्रिया दिनुभयो। भद्रपुर बधशाला नभएर माछामासु बिक्री गर्ने ढाँचाको रुपमा भवन बनाइएकोले यसलाई बिक्रीकेन्द्रको रुपमा विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

जथाभावी पसल थापेर माछा मासु बिक्री वितरण गर्ने व्यवसायीलाई नगरपालिकाले कानुनी दायर भित्र ल्याउनु पर्छ । जतात्यतै खोलिएका व्यवसायीलाई एक द्धार प्रणालीमा नल्याएसम्म उपभोक्ताले स्वच्छ र सफा माछामासु उपभोग गर्न नपाउनुका साथै करोड लागतमा निर्मित पशु बधशाला प्रयोगमा आउन सक्दैन । त्यसैले यसतर्फ नगरपालिका कडा रुपमा प्रस्तुत भएर अगाडी बढनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com