
काठमाडौं,३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ ।
शनिबार सिंहदरबारमा मन्त्री र सचिवहरुलाई निर्देशन दिदै प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले व्यहारमै भ्रष्टाचारलाई शून्य सहनशिलताको नीति अपनाउने प्रधानमन्त्री ओलीको भनाई छ । आर्थिक बर्ष २०७५÷७६ को बजेट कार्यान्वयनका लागी प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो ।
सोहि निर्देशन अनुसार मन्त्री र सचिवहरुले एक बर्षे तथा पञ्चबर्षे मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेको सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
साउत १ गतेबाट लागू गरिने सरकारका सबै योजनाहरुको व्यवस्थीत र तोकिएको समयमा नै नजिता आउने गरि कार्यान्वयन गर्ने बिषयमा छलफल भएको बास्कोटाले जानकारी दिनुभयो ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको थियो । शनिबार प्रधानमन्त्री ओलीले १३ वटा मन्त्रालयका मन्त्री र सचिवहरुसंग छलफल गर्नुभएको हो ।







प्रतिक्रिया दिनुहोस्