ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लमजुङमा जमिन बाँझो राख्न नपाइने


admin
असार १५, २०७४ बिहीबार   २ : १२   बजे

बेंसीसहर(लमजुङ), १५ असार । उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पु¥याउन विशेष प्राथमिकताका साथ भूउपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवा र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउनका निम्ति कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।
बैठकबाट एक गाउँ एक ल्यान्ड फिल साइट निर्माण, पञ्चवर्षीय गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ– राजनीतिज्ञ– परामर्शदातासँगको अन्तक्र्रिया, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने लगायत १७ बुँदे निर्णय गरिएको छ ।

वडापिच्छे हेलिप्याड
बेँसीसहर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले प्रत्येक वडामा हेलिप्याड बनाउने निर्णय गरेको छ ।

निर्वाचित भएको करिब डेढ महिनापछि बसेको पहिलो बैठकले पञ्चवर्षीय रणनीतिक गुरुयोजना निर्माण गर्ने लगायत २५ बुँदे निर्णय गरेको नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिनुभयो । बैठकले नगरपालिकाभित्रका सडक सञ्चालन, फोहरमैला ब्यवस्थापन, सरसफाइ, हरियाली निर्माण, उज्यालो सडक क्षेत्र बनाउनेदेखि बालश्रम मुक्त गर्नेसम्मका निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group