ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मृत’ महिला फ्रिजभित्र जिउँदै भेटिइन्


एबीसी न्यूज

दक्षिण अफ्रिकमा मृत भनिएकी एक जना महिला जिउँदै भेटिएकी छिन् ।  सडक दुर्घटनामा घाइते भएकी एक जना दक्षिण अफ्रिकी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले ती फ्रिजभित्र राखिएकी ती महिला जिउँदै रहेको पत्ता लगाएका थिए ।ती महिलाको अहिले जोहानेसबर्गको एउटा अस्पतालमा उपचार भैरहेको छ । उनको नाम भने खुलाइएको छैन ।

महिलाका परिवार घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अधिकारीहरुसँग माग गरेका छन् । २४ जुनमा भएको कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो । परिवारले यसमा चिकित्सकको लापरबाही भएको बताएका छन् ।

यस्तो घटना पहिलो पटक भने भएको होइन । पटक–पटक जिउँदै रहेका मानिसलाई मृत घोषणा गरेका घटना सार्वजनिक भैरहेका छन् । दक्षिण अफ्रिकामै सात वर्षअघि मृत घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो ।

त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com