ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मृत’ महिला फ्रिजभित्र जिउँदै भेटिइन्


एबीसी न्यूज
असार २९, २०७५ शुक्रबार   ४ : ११   बजे

दक्षिण अफ्रिकमा मृत भनिएकी एक जना महिला जिउँदै भेटिएकी छिन् ।  सडक दुर्घटनामा घाइते भएकी एक जना दक्षिण अफ्रिकी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले ती फ्रिजभित्र राखिएकी ती महिला जिउँदै रहेको पत्ता लगाएका थिए ।ती महिलाको अहिले जोहानेसबर्गको एउटा अस्पतालमा उपचार भैरहेको छ । उनको नाम भने खुलाइएको छैन ।

महिलाका परिवार घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अधिकारीहरुसँग माग गरेका छन् । २४ जुनमा भएको कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो । परिवारले यसमा चिकित्सकको लापरबाही भएको बताएका छन् ।

यस्तो घटना पहिलो पटक भने भएको होइन । पटक–पटक जिउँदै रहेका मानिसलाई मृत घोषणा गरेका घटना सार्वजनिक भैरहेका छन् । दक्षिण अफ्रिकामै सात वर्षअघि मृत घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो ।

त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group