
चितवन,२८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले डा गोबिन्द के सी को माग हुबहु सम्बोधन हुन नसक्ने प्रष्ट पारेका छन् ।
आज चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै प्रचण्डले अहिलेको प्रतिनिधि सभा सार्वभौम संस्था भएको र त्यसलाई कसैले पनि हुबहु यो गर भनेर भन्न मिल्दैन बताए ।
उनले कुनै पनि प्रतिवेदनमा थपघट गर्ने अधिकार सरकारलाई हुन्छ र अन्तिम निर्णय संसदले लिने भन्दै त्यसमा कसैले हुबहु यस्तो हुनुपर्छ भनेर दवाव दिनु लोकतान्त्रिक अभ्यासको अपमान हुने तर्क गरे ।
उनले डां.गोबिन्द केसीको स्वास्थ्य स्थिति बुझेर काठमाण्डौ ल्याएर उपचार गराउन र बार्ता गर्न पहल गरेको बताए । त्यस्तै प्रचण्डले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुने प्रष्ट पारे ।
उनले अहिले भएको प्रदेश राजधानी परिवर्तन गर्न नहुने कि भन्ने चर्चा शिर्ष नेताहरुमा चलेको बताए । कुनै १ प्रदेशको राजधानी परिवर्तन गर्दा अन्य प्रदेशमा पनि राजधानी परिर्वतनको माग आउने चिन्ता नेताहरुमा रहेको प्रचण्डले बताएका छन ।
त्यस्तै प्रचण्डले अदालतको फैसलाको सम्मान गरेर समस्या समाधानको सकारात्मक बातावरण बनाउनको लागि समझदारीको साथ छविलाल पौडेल कारागार गएको बताए ।







प्रतिक्रिया दिनुहोस्