
काठमाडौं, २७ असार । बबरमहलको रातो भाले रेष्टुरेन्टबाट राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सव–इञ्जिनियरलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले प्राधिकरणको नुवाकोट कार्यालयमा कार्यरत् सब–इञ्जिनियर लोकेन्द्र थापालाई मंगलबार राति घुससहित पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता मदन कोइरालाका अनुसार थापाले घुस माग गरेको सूचनाको आधारमा उनलाई रंगेहात पक्राउ गरिएको पुष्टि गरे । आयोगका अनुसार थापाले भूकम्पमा भत्किएको महेन्द्र प्राथमिक विद्यालयको निर्माण पूरा भएको पत्र दिनका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्