
काठमाडौं, २६ असार । अव नेपाली सेनाले पेट्रोलियम पदार्थको ढुवानी गर्न ट्यांकर खरिद गर्ने भएको छ।
उद्योग मन्त्री मातृका यादवको सहभागितामा नेपाली सेना, आयाल निगमका अधिकारीसहितको बैठकले सेनाको कल्याणकारी कोषमार्फत ट्यांकर किनेर पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग वाणज्य तथा आपूर्ति मन्त्रीको सचिवालयबाट जारी विज्ञप्तीमा जनाइएको छ।
‘नेपाली सेनाको कल्याणकारी कोष मार्पmत पेट्रोलियम ढुवानी गर्ने ट्याङ्कर खरिद गरी नेपाल आयल निगमको करारमा राखि सञ्चालन गर्न नेपाली सेनाले आवश्यक प्रकृया अगाडी बढाउने निर्णय समेत गरिएको छ’ विज्ञप्तीमा भनिएको छ। ।



















प्रतिक्रिया दिनुहोस्