
पर्सा, २४ असार । प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालका अनुसार उनीसहित अन्य केही व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् ।
बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।
‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘पक्राउ परेका अन्यको संलग्नता छ वा छैन भन्ने अनुसन्धान गरिरहेका छौ ।’



















प्रतिक्रिया दिनुहोस्