काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला कमिटीमा सदस्य संख्या बढाउने तयारी गरेको छ। स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरुले राखेको सुझावअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो।
बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतम दुई सयदेखि २२५ सम्म पुर्याउनुपर्ने नेताहरुले सुझाव दिएका छन्। त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १५० सदस्यीय पुर्याउनुपर्ने सुझाव आएको छ । पार्टीको प्रस्तावित विधानमा प्रदेश कमिटीमा न्यूनतम १७५ र जिल्ला कमिटीमा १२५ सदस्यीय बनाउने प्रस्ताव छ। नयाँ पत्रिकाबाट



















प्रतिक्रिया दिनुहोस्