ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पर्यटन क्षेत्रमा कसरी चल्छ फेक रेस्क्यू धन्दा ? (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं,२३ असार । सन १९५३ मा सगरमाथा आरोहण भएपछि हिमाल आरोहण र ट्रेकिङका अध्याय शुरु भएको हो । नेपालको प्राकृतिक सांस्कृतिक गन्तव्यहरुको अध्ययन अवलोकन गर्न विदेशी पर्यटनक नेपाल अउने गर्दछन् । नेपाल भ्रमणका बेला पर्यटकहरु हिमाली क्षेत्रमा पुग्ने गर्दछन् पदमार्गको माध्यमबाट । भ्रमणका क्रममा पर्यटक बिरामी भए उद्दार गर्ने गरिन्छ ।

तर उद्दार गर्ने बाहानामा अदृष्य सेटिङमा पर्यटकको बिमित रकमबाट पैसा असुल्ने धन्दा वर्षाैदेखि जारी छ । राज्यको नीतिगत लुजमा टेकेर बीमा एजेन्ट, अस्पताल हेली चार्टर कम्पनी ट्राभल एजेन्सीहरुले वर्षौदेखि कमाउ धन्दा चलाउदै आएका छन् । यस्तै हर्कत गर्ने खेलाडी मध्ये हिमालय सोसियल जर्नी पछिल्लो चर्चित खेलाडी हो । यद्यपी हिमालय सोसल जर्नी तिनै मध्येका एक पात्र मात्रै हो । पर्यटकको झुटो बिवरण पेश गरेर एउटा रेस्क्यूबाट लाखौ रकम उठाइएको छ । यो खेलमा एजेन्सी, बीमा एजेन्ट, हेलि चार्टर कम्पनी, एजेन्सी गाइडहरुको मिलेमतोमा सबै योजना सम्पन्न गरिन्छ अनि डलर असुलिन्छ ।

फेक रेस्क्यूको खेलमा को को छन् त ?
पर्यटन क्षेत्र मुलुकको आर्थिक आधार भएको भन्दै राज्यले नीति र कार्यक्रममा निकै जोडले उठाउने गरेको छ । पर्यटकहरु हिमाल आरोहणदेखि पदयात्रामा समेत आउने गरेका छन् । नेपाल सबैको रोजाईको गन्तव्य भएपछि नेपाल आउने विदेशी पाहुनाको चाप बिस्तारै बढेको पनि छ । पदयात्रा होस या हिमाल आरोहणमा भैपरी आउने दुघर्टना या अपरझट बिरामी भए तत्काल उद्दार गर्नुपर्ने हुन्छ । तर यही उद्दार गर्ने निहुमा अकुत पैसा असुल्ने धन्दा जारी छ वर्षाैदेखि । उद्दार गर्ने नाउमा फेक रेस्क्यू रिर्पाेट बनाएर पर्यटकले बीमा गरेको विदेशी विमा असुल्ने धन्दा हुदै आएको छ । पर्यटन क्षेत्रमा भएका यस्ता गलत कामले पर्यटन क्षेत्रमा धक्का लागेको स्वयं व्यवसायीहरुको प्रतिक्रृया छ । सरकारले रेस्क्यू सम्बन्धी कुनै मापदण्ड नबनाउनु र व्यवसायीले पनि यही छिद्रमा टेकेर जथाभावी रकम असुल्नु गम्भीर गल्ती भएको भएको पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले बताए ।

बीमाको नाउमा यसरी पैसा असुल्नेमा पर्यटन व्यवसायी, अस्पताल, बीमा कम्पनीका एजेन्ट, हेलिचार्टर कम्पनी, पर्यटन विभागका जिम्मेवाहरुको नै मुख्य भूमिका छ । यसैको शिलशिलामा हिमालय सोसियल जर्र्नी नामको ट्राभल कम्पनीले यस्तै धन्दा गर्दै आएको सार्वजनिक भएको छ । यद्यपी यस्तो धन्दा अरु टुर एण्ड ट्राभल कम्पनीहरुले पनि नगरेका त होइनन् । तर हिमालय सोसियल जर्नी कम्पनीले सगरमाथा आधार शिविरबाट उद्दार गर्दा गरेको धन्दा बाहिर आएपछि उक्त कम्पनी विवादमा तानिएको हो । यद्यपी अन्य ट्राभल एजेन्सीहरुले पनि हिमाल आरोहण र पदयात्राको क्रममा पर्यटकलाई झाडापखाला लाग्ने औषधि खुवाएर बिरामी बनाउने गरेका धेरै उदाहरण छन् । यस्तै धन्दाको शिलशिलामा जर्नीले अष्ट्रेलियन पर्यटकको नामको बीमा अस्वभाविकरुप्मा असुलेपछि घटना बाहिरिएको हो । यद्यपी जर्र्नी जस्ता थुप्रै एजेन्सी नभएका पनि होइनन् । अरोहण र पदयात्रामा पर्यटक बिरामी बनाउने र बिरामी भएको गलत सूचना प्रवाह गरि पैसा कुम्ल्याउने गरिन्छ भुटो बिवरणको आधारमा । पैसा असुल्ने धन्दामा कुनै एउटा पर्यटन व्यवसायीले मात्रै होइन यससंग जोडिएका सम्बद्धहरु जिम्मेवार सबै सक्रृय छन् ।

यसैको पछिल्लो घटना हिमालय सोसियल जर्नी एउटा प्रतिनिधिमूलक पात्र मात्रै हो । पर्यटकसंग फेक डकुमेन्ट बनाउन बाध्य पारेर पैसा असुलेका आरोप लागेका हिमालय सोसियल जर्र्नी प्रालिका संचालक रामप्रसाद सापकोटा फेक रेस्क्यूमा आफ्नो कम्पनी पनि जिम्मेवार भएको स्विकारेका छन् । तर फेक रेस्क्यु प्रकरणमा बीमा कम्पनीका एजेन्ट अस्पतालका डक्टर हेलिचार्टरहरु पनि संलग्न भएको उनको कथन छ । राज्यले उद्दारको कुनै नीतिगत प्रबन्ध नगरेकै कारणले यस्तो चलखेलमा आफूपनि संलग्न भएको उनको स्विकारोक्ती छ । बाइट रामप्रसाद सापकोटा संचालक हिमालय सोसियल जर्नी प्रालि पर्यटन क्षेत्रमा भएका यस्ता फेक धन्दाले पर्यटनको विश्व बजारमा नेपालको गौरव र पहिचानमा ठेस लागेको छ । एकातिर राज्यले सही नीति र थिति बसाल्न नसक्नु अर्काेतिर व्यवसायी लगायतका जिम्मेवारहरुले यसैका छिद्रमा कमाउ धन्दा चलाउनु कदापी स्विकार्य हुदैन ।

यसर्थ गठित समितिले सत्यतथ्य सार्वजनिक गरि कडा कार्वाही गर्न हिम्मत गर्न सक्नुपर्छ । हिमालय सोसियल जर्र्नको सन्दर्भमा अष्टे«लियन पर्यटन जेसिकासहति ६ जना थिए । पर्यटन मन्त्रालयमा परेको उजुरीलाई हेर्दा । ६ जनालाई सगरमाथा आधार शिविरबाट उद्दार गरिएको पनि छ । तर उद्दारपछि एजेन्सी र बीमा एजेन्टको मुख्य योजनामा एक्ला एक्लै उद्दार गरिएको बीमामा पठाएका छन् । एजेन्टले लेखेको इमेलका आधारमा बीमा रकम प्राप्त हुने र हेली चार्टर, अस्पताल अनि बिचौलियाहरुलाई बिलो बाड्ने गरिएको छ । हिमालय सोसियल जर्नीको फेक रेस्क्यू प्रकरण नयाँ होइन, यस्ता प्रकरण विदेशी पर्यटकसंग डलर लुट्ने धन्दा पर्दाभित्र वर्षाैदेखि हुदै आएका छन् । यस्ता धन्दा न त कुनै एउटा ट्राभल एजेन्सीले मात्रै संभव छ । न त कुनै चार्टर कम्पनी या बीमा कम्पनीले । धन्दालाई निरन्तर जारी राख्न टुर एण्ड ट्राभल एजेन्सीदेखि रुट गाइड, बीमा एजेन्ट, अस्पताल, पर्यटन विभागका कर्मचारी र दलालहरुको सेटिङमा हुन्छ । वर्षाैदेखि चल्दै आएको फेक रेस्क्यू धन्दा पछिल्लो समय बीमा एजेन्टहरुले आफूले मागे जतिको रकम असुल्न नपाएपछि बीमा कम्पनीमा सूचना दिएका थिए । त्यही सूचना लिक भएपछि रेस्क्यू प्रकरण सतहमा आएको हो । यसको प्रतिनिधिमूलक घटना हिमालय सोसियल जर्नी प्रालिको फर्जी बीमा क्लेम हो । प्रालिले अष्टे«लियन पर्यटक जेसिका रिभेसलाई बिरामी बनाएको घटनाले छताछुल्ल भएको हो ।

कसरी चल्छ फेक रेस्क्यू धन्दा ?

अष्ट्रेलियन पर्यटक जेसिकालाई सगरमाथा आधार शिविरमा चिसोका कारण सामान्य रुघाखोकी लाग्यो । खोकी लागेपछि उनले गाइडसंग सल्लाह मागिन् । जेसिकाको समूहमा ६ जना पर्यटक थिए । उनीहरुलाई सामूहिक रुपमा हेलिकोप्टरबाट काठमाडौं फर्काइयो । तर जेसिकाको समूहलाई सगरमाथा आधार शिविर पठाउने ट्रेकिङ एजेन्सी हिमालय सोसल जर्नीले बीमा कम्पनीलाई इमेल लेख्यो, ‘जेसिकालाई एक्लै उद्धार गरिएको हो। अरुलाई पनि त्यसरी नै एक्लाएक्लै उद्धार गरिएकाले छुट्टाछुट्टै भुक्तानी दिनुपर्याे।’ तर जेसिकाले भने अनुसार सबै एउटै हेलिकप्टरमा काठमाडौ फर्किएका थिए । तर हिमालय सोसियल जर्नीले एक्लाएक्लै उद्धारको विवरण देखाएर बीमा कम्पनीसंग ३५ लाख रुपैया अर्थात (३५ हजार अमेरिकी डलर) असुल गरेको हो ।
फेक बीमा क्लेम गरेर बार्गेनिङले नै हो । तर हजारौ जेसिकाहरु पर्यटन क्षेत्रलाई बदनाम गर्नेहरुको जालझेलले प्रताडित भएका छन् । यद्यपी सबैघटना बाहिर आउन नसकेको मात्रै हो । पर्यटन व्यवसायी, अस्पताल, गाइड, बीमा कम्पनी, पर्यटन विभागका कर्मचारीको मिलेमतो मै भएको छ र भैरहेको छ । यस्तो घटनाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश गएकोले राज्यले सुधार ल्याउन नीतिमा बल गर्नुपर्ने गर्नुपर्ने पर्वरोहण संघका अध्यक्ष सन्तवीर लामा सुझाउछन् ।

प्रतिनिधिमूलक हिमालय सोसियल जर्नीको पछिल्लो धन्दाको फन्दामा अष्टे«लियन पर्यटक जेसिका परेकी हुन् । यस प्रकरणमा जेसिकाको समूहमा ६ जना पर्यटक थिए। उनीहरुलाई सामूहिक रुपमा हेलिकोप्टरबाट काठमाडौं फर्काइयो। तर जेसिकाको समूहलाई सगरमाथा आधार शिविर पठाउने ट्रेकिङ एजेन्सी हिमालय सोसल जर्नीले बीमा कम्पनीलाई इमेल लेख्यो, जेसिकालाई एक्लै उद्धार गरिएको हो भनेर बीमा एजेन्टको विशेष सल्लाहमा फेक धन्दाको तुनाबुना गरिएको हो ।

ट्रेकिङ एजेन्सी कम्पनीले बीमा कम्पनीसंग झुटो बोल्न सिकाएर पैसा असुल्ने मेलो मिलाएको थियो । यो प्रकरण गत वर्षमा भएको हो । नेपालको पर्यटन क्षेत्रमा आएको फर्जी उद्धार (फेक रेस्क्यु)को यो एउटा प्रतिनिधि घटना मात्रै हो।
भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com