ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले नवाज शरीफका बाबुछोरीलाई जेल सजाय, मरियम पनि चुनाव लड्न अयोग्य


एबीसी न्यूज

काठमाडौं, २२ असार । पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई दोषी ठहर गरेको छ ।

अदालतले नवाज शरीफलाई १० वर्ष र मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ ।

नवाजलाई ८० मिलियन र मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि तोकेको छ । यो रकम राज्यकोषमा दाखिला हुनेछ ।

यो फैसलासँगै मरियम चुनाव लड्न अयोग्य भएकी छन् । पाकिस्तानमा २५ जुलाईमा चुनाव हुँदैछ र मरियम लाहोरको सिट एन १२७ बाट चुनाव लड्दै थिइन् ।

सर्वोच्च अदालतको फैसलासँग प्रधानमन्त्री पद गुमाएका नवाज शरीफ पनि चुनाव लड्न पाउँदैनन् ।

अदालतले मरियमका पति प्याप्टेन सरदारलाई पनि एक वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

नौ महिलासम्म चलेको सुनुवाइपछि अदालतले लण्डनस्थित एभेनफिल्ड अपार्टमेन्ट पनि जफत गर्न आदेश दिएको छ । यो भवन नवाज परिवारको सम्पत्तिमा रहेको मानिएको थियो र यही कारण भ्रष्टाचारको मुद्दा चलेको थियो ।

नवाज शरीफले श्रीमती विरामी रहेको र आफू तुरुन्त पाकिस्तान आउन नसक्ने भन्दै भन्दै यो मुद्दाको फैसला ७ दिन स्थगित गर्न निवेदन दिएका थिए । तर, सुनुवाइ भएन । उनी हाल लण्डनमा छन् ।

उनको पार्टी मुस्लिम लिग (नवाज) का नेता तारिक फजल चौधरीले यो फैसलाविरुद्ध कानुनी उपचार खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com