ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले नवाज शरीफका बाबुछोरीलाई जेल सजाय, मरियम पनि चुनाव लड्न अयोग्य


एबीसी न्यूज
असार २२, २०७५ शुक्रबार  ८ : ०४ बजे

काठमाडौं, २२ असार । पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई दोषी ठहर गरेको छ ।

अदालतले नवाज शरीफलाई १० वर्ष र मरियमलाई सात वर्षको जेल सजाय सुनाएको छ ।

नवाजलाई ८० मिलियन र मरियमलाई २० लाख पाउण्ड जरिवाना पनि तोकेको छ । यो रकम राज्यकोषमा दाखिला हुनेछ ।

यो फैसलासँगै मरियम चुनाव लड्न अयोग्य भएकी छन् । पाकिस्तानमा २५ जुलाईमा चुनाव हुँदैछ र मरियम लाहोरको सिट एन १२७ बाट चुनाव लड्दै थिइन् ।

सर्वोच्च अदालतको फैसलासँग प्रधानमन्त्री पद गुमाएका नवाज शरीफ पनि चुनाव लड्न पाउँदैनन् ।

अदालतले मरियमका पति प्याप्टेन सरदारलाई पनि एक वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

नौ महिलासम्म चलेको सुनुवाइपछि अदालतले लण्डनस्थित एभेनफिल्ड अपार्टमेन्ट पनि जफत गर्न आदेश दिएको छ । यो भवन नवाज परिवारको सम्पत्तिमा रहेको मानिएको थियो र यही कारण भ्रष्टाचारको मुद्दा चलेको थियो ।

नवाज शरीफले श्रीमती विरामी रहेको र आफू तुरुन्त पाकिस्तान आउन नसक्ने भन्दै भन्दै यो मुद्दाको फैसला ७ दिन स्थगित गर्न निवेदन दिएका थिए । तर, सुनुवाइ भएन । उनी हाल लण्डनमा छन् ।

उनको पार्टी मुस्लिम लिग (नवाज) का नेता तारिक फजल चौधरीले यो फैसलाविरुद्ध कानुनी उपचार खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com