ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुफाभित्र फसेका बालकको स्वास्थ्य खतरामुक्त – थाइल्याण्ड


एबीसी न्यूज
असार २१, २०७५ बिहीबार   ६ : ४२   बजे

बैंकक, २१  असार ।  थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् ।

यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो पटक स्पष्टसँग टेलिभिजनमा देखिएको र उनीहरुलाई खानेकुरा पनि पु¥याइएको जानकारी दिएको छ ।

उनीहरुको उद्धारको कार्य जारी रहेको तर निकै जोखिम रहेको भन्दै सकुशल उद्धारका लागि आवश्यक साधन र जनशक्ति उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ ।

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गएको दश दिनदेखि सोही गुफामा हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए ।

विदेशबाट कुशल गोताखोर, उद्धार कार्यमा खट्ने व्यक्ति र विशेषज्ञहरु झिकाएर काम गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । थाई सेनाका अधिकारीहरुले पनि यसका लागि तालीम लिइरहेका छन् ।

सो गुफामा फसेका स्कुले बालकहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक तातो खानेकुरा र औषधि पाएको समाचारमा जनाइएको छ ।

गुफाभित्र उनीहरूलाई खाना र औषधि पु¥याउन एकजना चिकित्सक र नर्ससहित सातजना गोताखोर गुफाको भित्री भाग उनीहरु फसेको ठाउँसम्म पुगेका थिए ।

उनीहरू हराएको नौ दिनपछि हिजो जीवितै फेला परेको सूचना सार्वजनिक भएको थियो । “आजको सूचना पनि सकारात्मक नै छ र उनीहरुको स्वास्थ्य अवस्था पनि राम्रो छ, उनीहरुलाई कुनै स्वास्थ्य जटिलता छैन,” एक अधिकारीले भने ।

उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन् । ‘शून्य जोखिम’ को रणनीतिबाट उनीहरुलाई बचाइने पनि उनीहरुले बताएका छन् ।

त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

ती बालकहरु जीवितै रहेको खबरले देशभरी खुशीयाली छाएको छ । उनीहरुका आमाबुबा र आफन्तले गुफा नजिकैको क्षेत्रमा प्रार्थना र आजापूजा गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group