ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया


एबीसी न्यूज
असार २०, २०७५ बुधबार  ७ : ०१ बजे
काठमाडौं, २० असार । इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा  इङ्ल्याण्ड ४-३ ले विजयी भएको छ।

टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो।

पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो।

क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ।

मंगलबार अबेर राती सम्पन्न भएको खेलमा पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो।एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

उनको त्यो अन्तिम मिनेटको गोलले कोलम्बियाको क्वाटरफाइनल सपनालाई अन्तिम अवस्थामा फेरि जीवित पारिदिएको थियो। त्यसपछि चलेको ३० मिनेटको अतिरिक्त समयको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा धकेलियो।

आजको खेलमा इङ्ग्ल्यान्डले पेनाल्टीबाट खेलमा अग्रता लिएको थियो। इङ्लिस कप्तान हेनेरी केनले खेलको ५८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

केनलाई कोलम्बियाका ह्यानचेजले डि-वक्समा फल गरेपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ। इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com