ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले भत्काए भारतीय नहर


एबीसी न्यूज
असार १९, २०७५ मंगलबार  १२ : ११ बजे

नवलपरासी, १९ असार।  बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले यसवर्ष पनि डुबानमा परेपछि भारतीय गण्डक नहरको बाँध भत्काएर पानीको निकास गराएका छन् ।

अबिरल वर्षाका कारण आएको बाढीको पानी जमेको  दुई दिनभन्दा बढी भएपछि धानबाली कुहिने त्रासले बाँध काटेर भए पनि पानी निकास गराउन बाध्य भएको सुस्ता गाउँपालिका वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखियाले बताउनुभयो ।

वडा नम्बर २ मा ३०० विगाहा भन्दा बढी क्षेत्रफलमा रोपिएको डुबानमा परेको थियो । यहाँको पानीको निकासका लागि रानीनगर गण्डक नहरमा साईफन बनाइएको भए पनि साइफनले पूर्ण क्षमतामा पानी तान्न सकेको छैन ।

वडाध्यक्ष मुखियाका अनुसार साइफनको सफाई भारत सरकारले गर्नुपर्छ तर यो वर्ष पनि नाम मात्रको सफाई गरिएको छ । जसले गर्दा साईफनले पानी तान्न सक्दैन र डुबान हुने गर्छ ।

बाढीको पानीले धानबाली डुबानमा परेपछि रानीनगरको पश्चिमतर्फ गण्डक नहरको बाध काटिएको हो । यो क्षेत्रमा गएको वर्ष पनि डुबान भएको थियो । डुबानका कारण धानबाली नष्ट भएको थियो ।

पानीले डुबेपछि गएको वर्ष पनि सुस्ता गाउँपालिका क्षेत्र मै गण्डक नहर भत्काउने प्रयास भएको थियो । यसले गर्दा नेपाली र भारतीय पक्षबीच झगडा पनि भएको थियो ।

नेपाल र भारतबीच सन् १९५९ मा भएको सिंचाई तथा जलविद्युत सम्झौता अनुसार गण्डक कमाण्ड क्षेत्रमा डुबान कटानको प्रभावबाट रक्षात्मक उपाय गर्ने जिम्मेवारी भारतीय पक्षको हुनेछ । तर भारतीय पक्ष उदासिन रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com