ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण


bhawani desk
असार १८, २०७५ सोमबार  १० : ५१ बजे

म्याग्दी, १८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ ।

ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको छ ।

असी वटा ग्यावियन भरेर पर्खाल लगाई दुई मिटर गहिरो पोखरी बनाइएको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताउनुभयो । वरपर पर्खाल लगाएर घेराउ गरी आकर्षक पोखरी बनाइएको छ ।

पोखरी बनाएपछि झरना थप आकर्षक देखिएको छ । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटर नजिक रहेको बेनी जोमसोम सडकमा दैनिक हजाराँै आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान अवस्थामा छ । पहाडको फेदीमा करीब १०० मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने महभिर झरना पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ । उक्त झरना नजिकै मन्दिर पनि रहेको छ । जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ ।

यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोइङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । स्थानीयवासी र सरोकारवालासँग समन्वय गरेर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने अध्यक्ष फगामीले बताउनुभयो ।

पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो । झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com