ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्धविश्वास हटाउन मसानघाटमै सुते सांसद


एबीसी न्यूज

एजेन्सी । पहिलो पटक आन्द्र प्रदेशको संसदमा चुनिएका निम्मला रामा नाइडू शुक्रबार राति पालकोल सहरको एक मसानघाटमा सुतेका छन् । राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा भइरहेको निर्माण कार्य भूतको डरले अबरुद्ध भएपछि यस्तो कदम चालेका हुन् । उनले आफ्नो कार्यले त्यहाँ काम गरिरहेका कामदारहरुको डर हटाउने आस गरेका छन् ।

“म यो ठाँउमा अर्को दुई तीन दिन सुत्नेछु ,” नाइडूले बताए, “यो यहाँ काम गर्ने कामदारहरुको मनबाट डर हटाउको लागि हो । उनीहरु यहाँ भइरहेको निर्माण कार्य जारी राख्नको लागि यो स्थानमा आउन पनि डराइरहेका छन् ।” नाइडूले रातीको खाना पनि मसानघाटमै खाए ।

पहिलो रातमा उनलाई तर्साउने भूत थिएन बरु लामखुट्टे र छेउमा रहेको हिलोको दलदलको गन्धले भने उनको निन्द्रा केही विथोलियो । त्यसैले अर्को दिन आउदाँ उनी झुल बोकेर आए ।

नाइडूले मसानघाटको निर्माण धेरै वर्षदेखि बेवास्तामा परेकोमा दुःख व्यक्त गरे । नाइडूका अनुसार यो मसानघाटलाई व्यवस्थित गर्न सरकारी स्तरबाट ३ करोड भारु छुट्टाएको छ ।

“लामो समय यसको निर्माणका लागि आह्वान भएको टेण्डरमा कुनै कन्ट्राक्टर नै अघि आएनन् । दुई महिनाअघि बल्लतल्ल एउटा कन्ट्राक्टर आएका थिए, त्यसका कामदारहरु पनि अहिले आएर डरका कारण काम गर्न छाडेका छन् ,” उनले भने ।

केही दिन अघि काम गर्ने क्रममा कामदारहरुले आशिंक रुपमा जलेको लास देखेपछि भूत–प्रेतको डरले यहाँको निर्माण कामनै अबरुद्ध भएको हो ।

उनको यो कार्य केरलाका मुख्यमन्त्रीको नजरमा आएपछि उनले नाइडूको प्रशंसामा ट्वीट गरेका छन् ।

प्रदेश संसदका सदस्य रामा नाइडू अन्धविश्वासविरोधी अभियन्ता पनि हुन् । त्यो अर्थमा जानकारहरुले उनको प्रयासलाई स्थानीय मुद्दामा सिमित नगरी राष्ट्रिय बहस बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com