ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा


bhawani desk

म्याग्दी, १४ असार । अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो ।

रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र पाइपलाइन नहुँदा प्रयोगमा आउन सकेको थिएन । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले शाखा नहर र पाइपलाइन निर्माण गरेर सिँचाइ योजना प्रयोगमा ल्याएका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताएका छन ।

रु १७ लाख अनुदान सहयोगमा चार ठाउँमा करीब छ किलोमिटर शाखा पाइपलाइन विस्तार गरिएको छ । सिँचाइ विकास डिभिजनले शिख र घारको सिमानामा पर्ने मथेनी खोलादेखि खिवाङसम्म तीन किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरेको छ । योजनाबाट घार र खिवाङका ६६८ घरधुरी लाभान्वित भएका छन् ।

अहिले ८२ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । उल्लेरी सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष हुकुमबहादुर बरुवालले सिँचाइ कुलो प्रयोगमा आएपछि कृषकलाई राहत मिलेको बताए । विगत वर्षमा असारको अन्तिम सातासम्म धान रोपाइँका लागि पानीको पालो कुरेर बस्ने कृषकले यसपालि असार पहिलो हप्ता नै धान रोपाइँ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com