ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु,  पाँच घाइते, नौ घर क्षति


bhawani desk
असार १४, २०७५ बिहीबार   ११ : ४१   बजे

धादिङ, १४ असार । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।

अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं रामबहादुर केसीले जानकारी दिनुभयो ।

पहिरोमा गोले सकुशल छन् भने छोरा १२ वर्षीय विकास घाइते भएकाले स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि सदरमुकामतर्फ ल्याइँदैछ ।

यसैगरी, सोही गाउँपालिका–४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पहिरोले पुरेको छ । पहिरोमा पुरिएका ६५ वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको छ ।

सुतेको अवस्थामा पहिरो आएपछि उनीहरु कँही भाग्न नसकेर पुरिएका थिए । मृतकको शव आज बिहानमात्र प्रहरीले गाउँवासीको सहयोगमा निकालेका थिए ।

यसैगरी, सोही वडाको टोड्केमा पहिरो आएर हरिबहादुर रिजाल, लालबहादुर थापामगरको घर पुरिएर क्षति पुगेको छ । गाउँमाथिबाट पहिरो आएका कारण सोही क्षेत्रको खड्करी गाउँका १२ घर रातिदेखि जोखिम बढेपछि विस्थापित भएर मड्किला गाउँमा आश्रय लिएर बसेको गोपाल रिजालले जानकारी दिनुभएको छ ।

बस्ती बस्न अयोग्य भनिएपनि गाउँवासीले सोही गाउँमा घर बनाएर बस्न थालेका थिए । लगातारको पानीका कारण गाउँमाथिबाट पहिरो खस्न थालेपछि एकबहादुर थापामगरसहितका १२ परिवारले राति नै गाउँ छाडेका हुन् ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिका–१ मार्पाकस्थित ढोकरपुर गाउँमा पहिरो गएपछि पाँच घरमा क्षति पुगेको छ । गाउँका दीपक गुरुङ, मानबहादुर गुरुङ, सन्तमान गुरुङ, वीरबहादुर गुरुङ तथा दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो ।

वर्षाका कारण आएको पहिरोमा परेर ६९ वर्षीय हीरामायाँ तामाङ, ६५ वर्षीय सन्तमान तामाङ र ६० वर्षीया मीनाकुमारी श्रेष्ठ घाइते भएकाले उपचारका लागि स्वास्थ्यचौकी लगिएको छ ।

खनीयाबास गाउँपालिका–४, पाख्रीबोटमा पहिरो गएर तीन घर पुरिएको छ । घटनामा २३ वर्षीय रविन गौतम, २३ वर्षीया कल्पना गौतम तथा दुई वर्षीया रेश्मी गौतम घाइते भएका छन् ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान सकेको छैन जसले गर्दा दार्खास्थित इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीको टोली विभिन्न घटनास्थलमा गएको छ ।

वर्षको शुरुवातमै पहिरोले धनजनको क्षति पुगेकाले घटनास्थलमा राहत पु¥याउन जिल्ला प्रशासन कार्यालयबाट राममणि मिश्रको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको, मृतकको गाउँमै परीक्षण गर्नका लागि डाक्टरको टोलीसमेत पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group